१५ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको ‘क’ वर्गको नेपाल बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल बैकका शाखाहरुबाट भुक्तानी लिन सकिने छ ।
सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल बैंकका तर्फबाट व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले हस्ताक्षर गरे ।
८ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आˆनै कार्यालयमार्फत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोर्डन, इराक लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरुबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
पछिल्ला दिनमा सञ्जाल विस्तारलाई तीब्रता दिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।
यो सम्झौतासँगै मुलुकभरबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ३ हजार ५ सय भन्दा बढी आधिकारिक स्थानीय ठाँउहरुबाट पनि सेवा लिन सकिने छ ।
भर्खरै
पुराना
लोकप्रिय
Advertisment
प्रतिक्रिया 4