१६ भदौ, काठमाडौं । माइक्रोम्याक्सले इन्ट्री लेवलको नयाँ स्मार्टफोन नेपाली बजारमा भित्राएको छ । कम्पनीले माइक्रोम्याक्स बोल्ट ए०६४ मोडल नेपाल भित्राएको हो । जसको मूल्य ६ हजार १ सय ७१ रुपैयाँ तोकिएको छ ।
३.५ इन्चको स्कि्रन रहेको यस मोडलमा ओएस एन्ड्रोइड किटक्याट ४.२.२ अपरेटिङ सिष्टम रहेको छ । १.३ गीगाहर्ज ड्यूल कोर प्रोसेर रहेको हुँदा मोबाइलको कार्य क्षमता समेत उच्च रहेको छ ।
मोबाइलमा ४ जीबी रोम रहेको छ भने एलइडी फ्लास सहितको क्यामेरा रहेको छ । यसमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । १४०० एमएएच क्षमताको ब्याटि्र व्याकअप रहेका कारण मोबाइल लामो समयसम्म चलाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4