१७ भदौ काठमाडौं । औद्योगिक घराना पञ्चकन्या समुहले ४२ औं वाषिर्कोत्सवका अवसरमा बाढी-पहिलो पिडीतलाई दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीलाई समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले हस्तान्तरण गरे ।
वाषिर्कोत्सवका अवसरमा राम्रो काम गर्न सफल स्टील, प्लाष्टिक र एस.एस वाटर डिलरहरुलाई सम्मान गरेको छ । त्यसैगरी २० वर्ष सेवा अवधी पूरा गरेका कर्मचारी हंसनारायण श्रेष्ठ र सर्वोत्कृष्ट काम गर्ने कर्मचारी हर्कबहादुर थापा मगर घोषित भएका छन् ।
त्यस्तै साकेत अधिकारी, अञ्जनकुमार भट्टराई, रुपन शर्मा र प्रतिभा घिमिरे सर्हानीय काम गर्ने कर्मचारी घोषित भए । उनीहरुलाई उपहार तथा प्रसंशा-पत्रबाट सम्मानित गरिएको थियो ।
समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, निर्देशक उदीप श्रेष्ठले पञ्चकन्याले हालसम्म प्राप्त गरेका सफलता, भावी नीति तथा कार्यव|mम र नयाँ उत्पादन तथा उद्योग सञ्चालन गर्न आइपरेका कठिनाईहरु बारेमा बोलेका थिए ।
प्रतिक्रिया 4