काठमाडौं । मारुती सुजुकीले अटो मेलामा हृयाचव्याक सेगमेन्टको सेलेरियो कार प्रर्दशनीमा राखेको छ । बुधबार अर्थमन्त्री डा. रामशरण महतले कार सार्वजनिक गरे ।
अटोमेटिक र म्यानुअल गियर रहेको सेलेरियो ९९८ सीसी इञ्जिन क्षमताको छ । सेलेरियोमा स्पीड अनुसार आफै गियर घटबढ हुने गर्छ । आवश्यकता अनुसार यसलाई म्यानुअल गियरमा बदलेर समेत कुदाउन सकिन्छ ।
नेपाली बजारमा सेलेरियो विभिन्न ५ भेराइटीमा उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार एउटा अटोमेटिक र म्यानुअल गियरमा उपलब्ध छ भने ३ वटा अटोमेटिक गियरमा उपलब्ध छन् । एउटा थप सेवा सुविधाहरु सहित उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
अटोमेटिक र म्यानुअल दुबै गियर रहेको सेलेरियो गाडीको मूल्य नेपालमा २३ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । थप सुविधाहरु भएको गाडीको मूल्य २४ लाख ४९ रुपैयाँ रहेको छ । अन्य तीन मोडलको मूल्य क्रमशः १९ लाख ९९ हजार, २१ लाख ४९ हजार र २२ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
सुजुकी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकोर्पले दशैं तिहारसम्म एक लाख रुपैयाँ डिस्काउन्ट दिने घोषणा गरेको छ ।
पेट्रोल इञ्जिनमा रहेको सेलरियोले नेपाली सडकमा १७ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । मेलमा इन्ट्री लेवलका कारमा सेलेरियो सबैभन्दा आकर्षक गाडी बन्ने विश्वास कम्पनीले लिएको छ ।
सात कलरमा उपलब्ध सेलेरियोमा ५ जनाले यात्रा गर्न सकिन्छ । यसमा २३५ लिटरको लगेज क्षमता रहेका छ भने ३५ लिटरको इन्धन राख्ने ट्यांकी रहेको छ । अकर्षक डिजाइनमा रहेको सेलेरियोमा आन्तरिक सजावटमा समेत विशेष ध्यान दिइएको छ ।
प्रतिक्रिया 4