Comments Add Comment

राजदूत नियुक्ति मधेशी र जनजातिको भावना विपरित : सदभावना

१९ भदौ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले राजदूत नियुक्ति समावेशी नभएको भन्दै आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ६ राजदूत नियुक्तिको सिफारिस गरेको थियो । नियुक्ति सिफारिस हुने सबै परराष्ट्र सहसचिव हुन् ।

सदभावनाका महासचिव मनिष सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ-राज्य संचालन गर्ने समावेशी सिद्धान्त विपरित मन्त्रिपरिषदद्वारा गरिएको राजदूत नियुक्ति असमावेशी रहेको पार्टीको ठहर छ ।’

समावेशी, समतामूलक र जनसंख्याको आधारमा समानुपातिक सहभागीताको सिद्धान्त अनुरुप राज्यको प्रत्येक तह-तप्कामा हुने नियुक्तिमा मधेश तथा जनजातिको सहभागिता हुनु पर्ने भन्दै उनले राजदूत नियुक्ति मधेशी तथा आदिवासी जनजातिलगायतको भावना विपरित भएको बताएको छ ।

सद्भावनाले राजदूत नियुक्ति पुनर्विचार गर्न र भविष्यमा गरिने नियुक्तिहरु अनिवार्य रुपले समावेशी बनाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment