Comments Add Comment

सामसुङका एकैसाथ ४ प्रडक्ट, के के छन् सुबिधा ?

ग्यालेक्सी नोट एज
सामसुङ ग्यालेक्सी नोट एज

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एकैसाथ ४ नयाँ ग्याजेट सार्वजनिक गरेर मोबाइल बजारमा तरंग सिर्जना गरेको छ ।

बर्लिनमा आयोजित आइएफए टेक कन्फ्रेन्समा सामसुङले ग्यालेक्सी नोट फोर, मोडिएको स्क्रिन भएको ग्यालेक्सी नोट एज, नयाँ स्मार्टघडी सामसुङ गिएर एस र सामसुङ गिएर भर्चुअल रियालिटी हेडसेट सार्वजनिक गरेको हो ।
पछिल्लो समयमा सामसुङको मुनाफामा कमी आइरहेको तथ्यांक सार्वजनिक भएका बेला कम्पनीले नयाँ प्रडक्टका साथ बजारमा आफुलाई उतारेको हो । जुलाईमा सार्वजनिक तथ्यांकले सामसुङको नाफामा २० प्रतिशतले कमी आएको देखाएको थियो ।

सामसुङ ग्यालेक्सी नोट फोर
सामसुङ ग्यालेक्सी नोट फोर

गएको वर्ष सेप्टेम्बरमा नोट थ्री सार्वजनिक गरेको सामसुङले ल्याएको नोट फोरमा अघिल्लो फोनमा भन्दा केही सुधार गरिएको बताइएको छ । यसमा नोट थ्री भन्दा केही फिचर्स थप गरिएकेा छ । यसको डिस्प्ले क्वाड एच डी छ ।

साथै नोट फोरमा छिटै चार्जिङ हुने प्रविधिको समेत प्रयोग गरिएको बताइएको छ । यसको ब्याट्री आधा घण्टामै ५० प्रतिशत चार्ज हुन्छ । यसमा सेल्फी खिच्न समेत सकियोस् भन्नका लागि ३.७ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ । नोट फोरमा पहिलोपटक अल्ट्राभायोलेट सेन्सर प्रयोग गरिएको छ । यसको तौल १७६ ग्राम तथा यो सेट ८.५ मिलिमिटर पातलो रहेको छ । नोट फोरमा प्रयोगकर्ताले एकैपटकमा धेरै विन्डोजहरु खोल्न र बन्द गर्न सक्नेछन् र त्यसो गर्दा नयाँ एपलाई म्याक्सिमाइज वा मिनिमाइज गर्नुपर्ने छैन । आउँदो अक्टोबरदेखि नोट फोर बजारमा उपलब्ध हुने बताइएको छ । तथापि यसको मूल्य भने तोकिएको छैन ।

सामसुङले सार्वजनिक गरेको अर्को बहुप्रतिक्षित ग्याजेट ग्यालेक्सी नोट एज हो । मोडिएको स्क्रिनवाला यो फोन सामसुङको फ्लेक्सीबल डिस्प्ले टेक्नोलोजी प्रयोग गरिएको फोन हो । यसमा मुख्य स्क्रिन अन्य फोनजस्तै चेप्टो छ भने दायाँ किनारा थप फैलिएर पछाडिसम्मै मोडिएको छ । यसमा स्क्रिनमा आएका कुराहरु साइड डिस्प्लेमा समेत देखिनेछ । टेबुलमा फोन राखिएको बेला टाढैबाट समेत साइडको डिस्प्लेमा फोनमा आएका जानकारीहरु देख्न सकिनेछ ।

सामसुङ गिएर एस
सामसुङ गिएर एस

सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी गिएर स्मार्टफोनको सिरिज ग्यालेक्सी गिएर एसमा थ्री जी तथा सुपर एमोलेड डिस्प्ले रहेकेा छ । मोडिएको स्क्रिन सहितको यो स्मार्टघडीलाई चालु गर्नका लागि मोबाइलको आवश्यकता पर्नेछैन र यसमा पूरै किबोर्ड समेत रहेको छ । साथै इसमा विभिन्न १ हजार वटा गिएर एप्स रहेका छन् ।

सामसुङ गिएर भर्चुअल रियालिटी हेडसेट
सामसुङ गिएर भर्चुअल रियालिटी हेडसेट

सामसुङले सार्वजनिक गरेको अर्को ग्याजेट हो, गिएर भर्चुअल रियालिटी हेडसेट । यसले ग्यालेक्सी नोट फोरको अतिरिक्त एसेसरीको काम गर्नेछ । यसमा सेन्सरको लगाइएको हुन्छ जसले मोबाइलमा गेम खेल्दा कम्पन भएर टाउकोमा त्यसको अनुभुति प्रदान गर्नेछ । यसले ९६ डिग्री कोणको दृश्य दिनेछ जसबाट देखिने दृश्यभ नेको २ मिलिमिटर पर रहेको १७५ इन्चको स्क्रिनमा देखिने दृश्य जत्रै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment