+
+
Shares

फेसबुकमा ‘कन्जुस’ सुन्दरीहरु, स्टाटस लेख्न अल्छि गर्छन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २० गते ९:४०

miss-globalकाठमाडौं । तपाई फेसबुकमा कत्तिको रमाउनुहुन्छ ? पक्कै पनि तपाईको समय कटाउने मेलो फेसबुक नै बनेको हुनसक्छ केही घण्टा । फेसबुककै माध्यमवाट साथीभाईसंग सम्बन्ध बिस्तार पनि गर्नु भएको होला ।

अहिले फेसबुक मित्रताको माध्यममात्र बनेको छैन, यसैबाट साथी र जीवनसाथीसम्म बनिरहेका छन् ।

तर, यही फेसबुके पुस्ताका प्रतिनिधि सुन्दरीहरु यो प्रबृत्तिबाट बिल्कुल अलग छन् । मिस ग्लोबल इन्टरनेसनका उपाधी बिजेता सुन्दरीहरु फेसबुक चलाउने मामलामा कन्जुस छन् ।

उपाधि बिजेता निशा पाठकका चारसय जति साथी छन् सबै चिनेका मात्रै । ‘नचिनेकाको रिक्वेष्ट एसेप्ट नै गर्दिन । आफुले साथी स्वीकारेको मध्ये कसैले नचाहिदो कुरा लेख्यो भने ब्लक गरिहाल्छु ।’ उनले भनिन् ।

फष्ट रनरअपको उपाधी जितेकी सुस्मिता रेग्मीका पनि चारसय जति नै साथी छन् । आफ्ना नातेदार र नजिकका साथीहरुलाई मात्रै साथी बनाएको बताउने सुस्मितालाई स्टाटस लेख्ने जाँगर त लाग्दैन नै, आम स्टाटसले पनि आकषिर्त गर्दैन । ‘धेरैले म यहा गएँ, यो खाएँ भनेर लेख्छन्, मलाई यस्तो मनै पर्दैन ।’ उनले भनिन् ।

जम्माजम्मी एकसय साथी पनि नबनाएकी सेकेण्ड रनरअप अर्चना पन्थीलाई पनि ब्यक्तिगत स्टाटसले पटक्कै छुँदैन । ‘नेपाली समाजसँग सम्बन्धित स्टाटस पढ्दा राम्रो लाग्छ । अनावश्यक स्टाटसले उल्टै तनाब दिन्छ ।’ अर्चनाले भनिन् ।

च्याटमा तीनै जना सुन्दरीको रुची रहेनछ । तर, राम्रा-राम्रा स्टाटस आईदिए हुन्थ्यो भन्नेमा तीनै जना सहमत छन् । फेसबुकमा केटाहरुको रिक्वेष्ट एसेप्ट गर्ने, उनीहरुसँग च्याट गर्ने, लाइक र कमेन्ट ठोक्ने मामिलामा यी तिनै सुन्दरी कठोर देखिए ।

त्यसो भए त तपाईहरुका बाबु आमालाई केटा खोजिदिन निकै समस्या पो पर्नेभयो त ? अनलाइनखबरको प्रश्नमा तिनै सुन्दरी एक स्वरले हाँसे ।
भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?