
२२ भदौ, काठमाडौं । विदेशबाट प्रभु मनि ट्रान्सफरबाट पठाएको रकम प्राप्त गर्ने व्यक्तिे नेपाल टेलिकमको थ्रीजी सीमकार्ड पाउने भएका छन् ।
बिहीबार प्रभु मनी र टेलिकमबीच विदेशबाट पठाएको रकम पाउने व्यक्तिलाई थ्रीजी सीमकार्ड दिने सम्झौता भएको हो । सम्झौतापत्रमा टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र प्रभु मनिका अध्यक्ष देवी प्रकाश भट्टचनले संयूक्त हस्तारक्षर गरे ।
नेपाल टेलिकमसँगको सहकार्यमा प्रभु मनि ट्रान्सफरले उक्त सीमकार्ड उपलब्ध गराउन लागेको हो । कम्पनीले याे याेजना छिट्टै लागु हुने बताएकाे छ ।
विदेशका जुनसुकै स्थानबाट पठाएको रकम प्राप्त गर्दा प्रभु मनि ट्रान्सफरका ग्राहकहरुले यो सुविधा पाउनेछन् । सीमकार्ड प्रभु मनिका देशभरका शाखाहरुबाट प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4