+
+
Shares

अब ‘स्मार्ट चम्चा’ले नै बताइदिनेछ खानाको गुणस्तर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २४ गते १९:०३

chopstick

कल्पना गर्नुस् त, यदि भाँडोले नै तपाइँले खान थालेको खाना खानका लागि सुरक्षित छ, छैन भन्ने कुरा बताइदिन थाल्यो भने के होला ?
यो कुरा कोरा कल्पना मात्रै लाग्नसक्छ ।

तर चीनको एक कम्पनीले भने यसलाई यथार्थ सावित गरिदिएको छ । चिनिया कम्पनी बैडुले यस्तो इलेक्ट्रोनिक चपस्टिक निर्माण गरेको छ जसलाई खानेकुरामा डुबाउने बित्तिकै त्यसले उक्त खानेकुरामा प्रयोग भएको पदार्थहरु कुन गुणस्तरको हो भन्ने कुरा बताइदिन्छ ।

आकारमा सामान्य चपस्टिक जस्तो लाग्ने उक्त स्मार्ट चम्चाले खानाको तापक्रम तथा त्यसमा भएका पौष्टिक तत्वहरुको बारेमा समेत जानकारी दिनेछ ।

headset
बेइजिङमा भएको आफ्नो वाषिर्क समारोहमा बैडुले गुगलको स्मार्ट चस्मालाई टक्कर दिनेगरी आफ्नो हेडसेट समेत सार्वजनिक गरेको छ । उक्त हेडसेटमा गुगल ग्लासमा जस्तो स्त्रिmन छैन तर क्यामरा भने छ र यसमा जोडिएको माइक तथा इयरपिसको प्रयोग गरी कुराकानी गर्न सकिन्छ ।
यी दुबै उत्पादन छिटै बजारमा पूराउने लक्ष्य बैडूको छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?