२४ भदौ, काठमाडौं । नयाँ डिजाइन र स्टाइलको समिश्रणका इजि सुज आफ्ना उत्पादन बजारमा ल्याएको छ ।
धेरै किसिमको डिजाइन विकल्प, स्तरीय कच्चा पदार्थ र प्रतिस्पर्धात्मक मूल्य भएकाले इजि सुजले बिक्रीको बजारमा महत्वपूर्ण स्थान ओगट्ने उत्पादकले बताएका छन् । प्रत्येक जोडि इजि सुज ६ महिनाको विशेष वारेन्टी छ ।
विशेष गरेर युवा पुस्तालाई लक्षित गरि बनाएको इजि सुजले धेरै किसिमको फेसनेवल सुज, क्याजुअल सुज, पार्टि सुज र बुट बजारमा ल्याएको छ ।
कम्पनीको प्रवन्ध निर्देशक सविन कार्की भन्छन-“विश्वसनीय प्रविधि प्रयोग गर्ने यस कम्पनीले अहिलेको युवा वर्गको माग र स्टाइलको निकै राम्रो समिश्रण निकालेको छ ।’
दैनिक ३०० जोडी इजि सुज उत्पादन गरीरहेकोे इजि सुजको उत्पादनमा नयाँ प्रविधि अपनाइएको छ । उन्नत प्रविधिको विकास सँगै ३ महिना भित्र उत्पादन क्षमतामा बृद्धि गरि प्रत्येक दिन ५०० जोडि इजि सुज उत्पादन लक्ष्य रहेको कार्कीले बताए ।
एजि सुजका ब्राण्ड एम्बासडर गायक निमा रूम्बा हुन् ।
प्रतिक्रिया 4