Comments Add Comment

अमेरिकामा व्यवसाय सुरु गर्दै रेखा थापा

rekha-thapa

करिब एक साता लामो अमेरिका भ्रमण सकेर नेपाल फर्केकी नायिका रेखा थापा यतिबेला आफ्नो चलचित्र ‘हिम्मतवाली’को प्रचारमा व्यस्त छिन् । चलचित्रकी निर्मात्री तथा थापाकी आमा सरस्वती थापा भने अमेरिकामा नै छिन् । चलचित्र प्रदर्शनका लागि रेखाकी आमा केही महिनाका लागि अमेरिकामा नै बसेकी हुन् ।

रेखाले अमेरिकामा नै व्यवसाय सुरु गर्ने योजना बनाएको बताउँदै चाडै नै नयाँ काम सुरु गर्ने बताइन् । उनले आफ्नो नयाँ व्यवसायको बारेमा चाडै नै जानकारी गराउँने जनाएकी छिन् । उनले अब आफूले सम्पूर्ण ध्यान चलचित्रको प्रचारका लागि खर्चने जनाएकी छिन् ।

रेखाकै निर्देशनमा तयार भएको यो सिनेमामा सुदर्शन गौतम, अभय चन्द लगायतका कलाकारले अभिनय गरेका छन् । फूलपातिको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र प्रतिक्षामा पनि छ । यो सिनेमाको व्यापारले रेखाको सिनेमा क्षेत्रको अगाडिको बाटोलाई पनि अंगाल्नेछ । यसकारकाण पनि रेखाका लागि ‘हिम्मतवाली’ विशेष बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment