२५ भदौ, काठमाडौं । आन्तिरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक चुणामिण शर्माले विवेकशील भएर कानूनको प्रयोग गर्नुपर्ने बताएका छन् । बुधबार पदबहाली गर्दै शर्माले यस्तो बताएका हुन् ।
उनी यसअघि सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागको महानिर्देशक थिए । त्यसअघि उनी काठमाडौंका प्रमुख जिल्ला अधिकारी थिए ।
‘सांगठनिक सफलताका लागि संगठनमा कार्यरत कर्मचारीहरुको वैज्ञानिक र आध्यात्मिक हृदयको आवश्यकता छ’ उनले भने- ‘सकरात्मक सोच राखेर काम गर्नुहोस ।’
अरुबाट सम्मान चाहने हो भने आफूले पनि अरुलाई सम्मान गर्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा सेवाग्राहीप्रति हामीले सम्मान गरे मात्र हामीले पनि सम्मान पाउँछौं’ शर्माले भने ।
आचरणको सूत्र अंग्रेजी अक्षर एबीसीडी र ई रहेको उनले बताए । शर्माका अनुसार एको अर्थ सकरात्मक दृष्टिकोण (एटिच्यूड पोजेटिभ) बीको अर्थ मैत्रीपूर्ण व्यवहार (बिहेवियर फ्रेन्डली) सीको अर्थ नियमको परिपालना (कम्पायन्स), डीको अर्थ गतिशिल (डाइनामिक) र इको अर्थ सदाचारिता (इथिक्स) हुन ।
विभागका उपमहानिर्देशक गणेशप्रसाद पाण्डेले शर्माको स्वागत गरे । उनले नवनियुक्त शर्माले विभागलाई कुशल नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4