Comments Add Comment

एप्पलको स्मार्टवाच नालीवेली, कति भिन्न छ अरुभन्दा ?

apple-watch-1स्टिभ जब्सले सन् २०१० मा पहिलोपटक आइप्याड सार्वजनिक गरेयता एप्पलले मंगलबार बिल्कुलै नयाँ उत्पादन सार्वजनिक गर्‍यो- स्मार्ट वाच ।

स्मार्टवाच सेक्सनमा निकै ढिला प्रवेश गरेको एप्पलले उपभोक्तालाई कुनै चमत्कारको आभास गराउन भने सकेन् । यसअघि बजारमा आएका सामसुङ, एलजी, सोनी, मोटोरोला लगायतका ब्राण्डका स्मार्ट वाचकै हाराहारीमा देखिएको छ एप्पल वाच ।

एप्पलका मुख्य कार्यकारी टिम कुकले दुई नयाँ आइफोनको साथमा एप्पलको पहिलो स्मार्टवाच समेत सार्वजनिक गरे । त्यस बखत कुकले भने,’एप्पलको घडी हामीले अहिलेसम्म सिर्जना गरेको सबैभन्दा व्यक्तिगत डिभाइस हो ।’

धातुबाट बनेको एप्पलको स्मार्टवाचको चौकुने सफारी क्रिस्टल स्क्रिन हुनुका साथै घुमेको किनारा रहेको छ । सफारी क्रिस्टल यस्तो पदार्थ हो जो विश्वको हिरा पछाडिको दोश्रो कडा मानिन्छ । साथै यसमा फ्लेक्सिबल रेटिना डिस्प्ले, भाइब्रेटिङ फिडब्याक सिस्टमका साथै लाउडस्पिकर समेत रहेको छ ।

apple-watch

भाइब्रेटिङ फिडब्याक सिस्टमको माध्यमबाट प्रयोगकर्ताले आफ्नो घडीमा आएका सन्देश, सूचनाको बारेमा स्मार्ट घडी कम्पन भएसँगै जानकारी प्राप्त गर्न सक्छ । प्रयोगकर्ताले घडीमै बोलेर सो आवाज सम्बन्धितसँग पूराउन सक्छन् ।

एप्पल वाचको अर्को विशेषता भनेको यसलाई तार विना पनि चार्ज गर्न सकिन्छ । यसका लागि घडीको पछाडिपट्टी इन्डक्टिभ चार्जिङ प्याड रहेको छ । घडीको साइडमा रहेको डिजिटल क्राउनबाट प्रयोगकर्ताले स्क्रिनका कन्टेन्टहरु जुम गर्न, स्क्रोल गर्न, छनोट गर्न सक्छन् जसका लागि स्त्रिmनमा औँला घुमाइरहनु पर्दैन । साथै स्मार्टवाचबाटै आइफोनको म्युजिक कन्ट्रोल समेत गर्न सकिन्छ ।

apple-watch2

सन् २०१५ को सुरुबाटै बजारमा आउने एप्पल वाचको अमेरिकामा सुरुवाती मूल्य ३४९ डलर रहने बताइएको छ । यो स्मार्टघडीले आइफोन ५ पछाडिका आइफोनका सबै भर्सनसँग कम्प्याटिबल रहेको बताइएको छ ।

एप्पलले आफ्नो स्मार्टघडीलाई विस्तृत स्वास्थ्य तथा तन्दुरुस्ती अभियानको रुपमा व्याख्या गरेको छ ।

apple-watch-3

एप्पलले तीन भिन्न डिजाइनका एप्पल वाच ल्याएको छ । एप्पल वाच चाँदीबाट बनेको छ । त्यस्तै अर्को एप्पल वाच स्पोर्ट र अर्को एप्पल वाच इडिसन हो, जुन १८ क्यारेट सुनबाट बनेको हुनेछ ।

एप्पल वाचमा अन्य स्मार्टवाचभन्दा धेरै कुरा भिन्न नभएपनि अन्य उत्पादनमा झैं डिजानमा भने उत्कृष्ट देखिन्छ ।

apple-watch-6

apple-watch-7

apple-watch-8

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment