Comments Add Comment

प्रियंकालाई फलिफाप भयो मेरी कोम, बिज्ञापन खेलेकै ११ करोड

Priyanka-Chopra-Mary-Kom

मुम्बइ (एजेन्सी) । हिन्दी फिल्म ‘मेरी कोम’ को सफलताको फाइदा कसैले लिएको छ भने निसन्देहः ती नायिका पि्रयंका चोपडा नै हुन् ।

फिल्म हेर्ने दर्शकले त उनको प्रसंसा गरेका छन् नै, फिल्म उद्योगमा रहेका फिल्मका अन्य विधामा काम गर्नेहरुले पनि प्रियंका शैलीको काफी प्रसंसा गरेका छन् ।

हालै एउटा विज्ञापन कम्पनीले प्रियंकालाई दुईवटा विज्ञापनका लागि ११ करोड प्रस्ताव गरेको छ । प्रायः बलिउडमा हिरोईनहरुले विज्ञापनमा काम गरेवापत बढीमा तीन करोड रुपैयाँसम्म लिँदै आएका छन् । दुईटा विज्ञापनको ११ करोड आफैमा धेरै रकम हो ।

प्रियंकाले यो प्रस्ताब स्वीकारीन भने उनी फेरी एकपटक बलिउडकी सवैभन्दा महंगी हिरोईन सावित हुनेछिन् ।
भारतीय संचारमाध्यमहरुले मेरी कोमले जिन्दगीभर बक्सिङ खेलेर कमाउन नसकेको पैसा प्रियंकाले उनकै जीवनमाथि फिल्म खेलेर दशौं गुणा बढि कमाएको टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment