Comments Add Comment

एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात, अवस्था खतरामुक्त

posta bahadur bogati२७ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी हृदयघाट भएर अस्पताल भर्ना भएका छन् । बोगटीलाई बिहीबार राति ९ बजे हृदयघात भएको थियो ।

हृृदयघात भएपछि उनलाई राति नै बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र पुर्‍याइएको थियो । आइसीयूमा राखिएर उपचार गराइएका बोगटीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको परिवार स्रोतले जनाएको छ ।

बोगटीलाई अहिले सीसीयूमा राखेर उपचार गरिँदैछ ।

बोगटी अस्पताल भर्ना भएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ रातिनै अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment