+
+

कोलोराडोमा मह जात्रा हुने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २७ गते ९:३२

maha-jatra-photo
कोलोराडो/अमेरीका- प्रसिद्ध हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको बिशेष उपस्थितीमा अमेरिकाको कोलोराडोमा महजात्रा हुने भएको छ । नेपालीहरुको साझा संस्था नेपाली घर र रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालको संयूक्त आयोजनामा आउदो २७ सेक्टेम्बरमा महजात्रा हुन लागेको हो ।
रबि लामीछानेको संयोजनमा हुन लागेको कार्यक्रममा शिबहरी पाैडेल, किरण केसी, बसुन्धरा भुषाल लगायत ८ जना कलाकारको प्रस्तुती रहने नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

फ्रेडल ब्लुवर्ड स्थित कोलोराडो हाईट बिश्वविद्यालयको हलमा आयोजना हुने कार्यक्रममा १ हजार भन्दा बढि नेपालीको उपस्थिती रहने आयोजक संस्थाले दाबी गरेका छन् ।
हाँस्य क्षेत्रका चर्चित कलाकार एकै ठाउमा भेला भएर आयोजना गरिन लागेको यस कार्यक्रम कोलोराडोको इतिहासमा पहिलो र बिशेष रहेको बताएको छ । नेपालीहरुको हक हितका लागी कोलोराडोमा सकृय संस्थाको अग्रसरतामा हुन लागेको मह जात्राबाट संकलीत रकम नेपालीहरुको हक हितका लागी खर्च गरिने रकी माउण्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष शरद आचार्यले बताए ।
नातिबाबु भट्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?