Comments Add Comment

मानव निर्मित इन्द्रसरोवरको सुन्दरता (फोटो फिचर)

Indra lake_ kulekhani (1)

२७ भदौ, काठमाडौं । यी तस्वीरहरु कुनै विदेशी भूमिमा खिचिएका होइनन् । हाम्रो नेपाल यति सुन्दर छ भनेर व्याख्या गरिरहनु सूर्यका सामु बिजुलीको बखान गरेजस्तो लाग्न सक्छ ।

नेपालमा महत्वपूर्ण विद्युत आपूर्ति गर्दै आएको इन्द्र सरोवर नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरबाट निस्कन्छ कुलेखानी जलविद्युत् । प्रकृतिले बनाएका जलाशय र तालहरु बाहेक यति ठूलो ताल नेपालमा मान्छेले बनाउन सकेका छैनन् ।

जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको छ । विद्युत आयोजनाले विजुलीमात्रै दिँदैन, पर्यटकीय एवं प्राकृतिक सौन्दर्यलाई पनि यति सुन्दर बनाउँदोरहेछ भन्ने प्रमाण कुलेखानीमा हेर्न पाइन्छ ।

Indra lake_ kulekhani (2)

कुलेखानी वरिपरिका पाखा र डाँडाकाँडा यति मनमोहक छन् कि प्रकृतिको सुन्दरता नियाल्न युरोप वा अमेरिका पुग्नै पर्दैन, नेपाल यसका लागि पर्याप्त छ ।

काठमाडौं र हेटौडाबाट जलाशयमा डुंगा शयरका लागि मानिसहरु इन्द्र सरोवरसम्म पुग्ने गर्छन् । राजधानीबाट करिब ५० किलोमिटर पार गरेर कुलेखानी क्षेत्र पुग्न सकिन्छ ।

हेटौडाबाट राजधानी आवत-जावत गर्ने क्रममा पनि यो रमणीयस्थलको रसस्वादन गर्न सकिन्छ ।

Indra lake_ kulekhani (3)

करिब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको इन्द्र सरोवर वरपर यथेष्ट होटल र लजहरु रहेकाले खान बस्नको कुनै असुविधा छैन ।
इन्द्र सरोवर मस्य व्यवसायी संघले सरकारसँग मिलेर इन्द्र सरोवरमा माछा पालन गरेको छ । मत्स्य व्यवसाय सञ्चालनमा सहयोगका लागि तालको बीचमा काठमा घरहरु निर्माण गरिएका छन्,जहाँ माछाको हेरचाह गर्ने कर्मचारीहरु बस्छन् ।

इन्द्र सरोवरको उपल्लो क्षेत्र मार्खु बजारबाट वरपरका सहायक गाँउ जान झोलुंगे पुल प्रयोग गर्न सकिन्छ ।
इन्द्रसरोवरको भ्रमणपछि मार्खु बजारसँगै रहेको सरकारी भेडा फार्म पनि हेर्न लायक छ ।

Indra lake_ kulekhani (5)

Indra lake_ kulekhani (7)

Indra lake_ kulekhani (8)

Indra lake_ kulekhani (9)

Indra lake_ kulekhani (11)

Indra lake_ kulekhani (12)

Indra lake_ kulekhani (13)

Indra lake_ kulekhani (14)

Indra lake_ kulekhani (15)

Indra lake_ kulekhani (16)

Indra lake_ kulekhani (17)

शब्द तस्वीर-अशोक दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment