Comments Add Comment

सुनको भाउ ५२ हजारमा झर्‍यो

२७ भदौ, काठमाडौं । निरन्तर ओरालो लाग्ने क्रममा सुनको भाउ शुक्रबार तोलाको ५२ हजारमा झरेको छ । शुक्रबार तोलामा ४ सय goldरुपैयाँ घटेर सुनको भाउ ५२ हजारमा झरेको हो ।

पछिल्ला दिनमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार सुन तोलाको ५२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

सुनको भाउसँगै चाँदीको भाउ पनि शुक्रबार ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेर ७ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलाको ७ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment