Comments Add Comment

क्रान्तिकारी पत्रकारको अधिवेशनमा एमाओवादी हस्तक्षेप

२७ भदौ, सिन्धुपाल्चोक । एमाओवादी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार संघ सिन्धुपाल्चोकको जिल्ला अधिवेशनमा पार्टीले हस्तक्षेप गरेको भन्दै एक दर्जन भन्दा बढी पत्रकारले बहिस्कार गरेका छन् ।

संघभित्र नयाँ नेतृत्वको आवाज उठिरहेको बेला पार्टीले हस्तक्षेप गरि कार्यसमिति बनाउन खोजेपछि पत्रकार महासंघ जिल्ला शाखाका सचिवसमेत रहेका टीका दाहालको नेतृत्वमा एउटा समूह बन्दशत्रबाट बाहिरिएको हो ।

एमाओवादी जिल्ला संगठन समितिले पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सचिव टीका दाहाललाई अध्यक्ष बनाउने आश्वासन दिएर अन्त्यमा हस्तक्षेप गरेकोले आफूहरु बन्दशत्रबाट बाहिरीएको सचिव सुन्दर शिरीषले जानकारी दिए ।

सुन्दर शिरीष, बालचन्द्र सापकोटा, सुमित काफ्ले, जीवन कुँवर, हरि सापकोटा र नारायण पराजुली अधिवेशन बहिष्कार गर्दै बाहिरिएका थिए ।

उनीहरु अधिवेशन बहिस्कार गरि बन्दशत्रबाट बाहिरीएपछि अधिवेशन गराउँन आएका संघका केन्दि्रय सदस्य बलराम थापा आयोजकलाई सूचना नै नगरी काठमाण्डौ फर्किएका छन् ।

पार्टीले भने हस्तक्षेप गरी रामकृष्ण थापाको नेतृत्वमा कार्यसमिति निर्माण गर्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment