Comments Add Comment

प्रदिप गिरी भन्छन्-प्रचण्डको भन्दा शेरबहादुरको हाइट देख्छु

Bijay-kumar-khusi-lunch-1

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भन्दा शेरबहादुरको हाइट देख्न चाहेको बताएका छन् ।

चर्चित पत्रकार विजयकुमार पाण्डेको पुस्तक ‘खुसी’ विमोचन कार्यक्रममा गिरीले ठट्यौंली शैलीमा भने-‘म त प्रचण्डजीको भन्दा शेरबहादुरको हाइट देख्छु ।’

यसअघि लेखक विजयकुमारले बाबुरामले प्रचण्डको कद घटेको भनेको भन्दै भने-‘भएका कद मध्ये अहिले तपाई अग्लै हुनुहुन्छ ।’ विजयकुमारले यसो भन्दा हलमा हाँसोको फोहोरा छुटेको थियो ।

पुस्तक विमोचनको नित्तो दिन जाँदा एमाओवादी अध्यक्ष प्रचण्डले कोही आर्को नेता बोल्छ कि बोल्दैन भनेर सोधेको सुनाउँदा हलमा फेरि हाँसोको फोहोरा छुट्यो ।

यस्तै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कोही बोल्छ भनेर सोधेको र आफूले छैन भनेको उनले सुनाए । ‘शेरबहादुरजीले नबोले त झन राम्रो, नबोले त झन राम्रो भन्नुभो’ भन्नु भयो भनेर विजयकुमारले सुनाउँदा कार्यक्रममा सहभागी फेरि हाँसे ।

अन्तरमनको यात्रा’को शैली

पुस्तक ‘खुुसी’माथि चर्चा गर्दै कांग्रेस नेता गिरीले उनले लेखक तथा साहित्यकार जगदीश घिमिरेले लेखेको पुस्तक ‘अन्तरमनको यात्रा’को शैलीमा विजयकुमारको पुस्तक लेखिएको बताए ।

लेखकले जानेका मात्र नभए केही नजानेका विषयमा समेत लेखेको उनको टिप्पणी थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्व अध्यक्ष उपेन्द्र महतोले प्रत्येक ब्यक्ति आफैंमा एउटा पुस्तक हुने बताए ।

तुलसी गिरीदेखि प्रचण्डसम्म 

पुस्तक खुसीको विमोचन कार्यक्रममा तुलसी गिरीदेखि एमाओवादीका अध्यक्ष प्रचण्डसम्म उपस्थित थिए ।  कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, राप्रपा नेता लोकेन्द्रबहादुर चन्द, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, कलकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमालसहित बरिष्ठ कलाकारहरु उपस्थिति थियो ।

राजदूत रेलाई सम्बोधन गर्दै पाण्डेले नेताको भाषण नभएकोमा रमाइलो लागेको होला भन्दै ठप्टा गरे । उनले कार्यक्रम उपस्थित धेरैको नाम लिएर सम्बोधन गरेका थिए ।

रिम्पोचेले गरे विमोचन

पुस्तक ‘खुसी’को बुद्ध धर्मका धर्म गुरु चो कि निमा रिम्पोचेले विमोचन गरेका छन् । आफ्नो आमा भन्दा माथि गुरु हुने भन्दै विजयकुमारले रिम्पोचेप्रति श्रद्धा ब्यक्त गरेका थिए । रिम्पोचेपछि मात्रै उनले आफ्नो आमालाई राख्दै आर्शिवाद थापेका थिए । आमा आकास, श्रीमती धर्ती र गुरु त्यो भन्दा माथिको वस्तु भएको उनले बताए ।

विजयकुमार आफूलाई जीवनमा मदत गर्नेहरुको एक एक हिसाव पुस्तकमा राखेको बताए । १० वर्षपघि आफूले दिशानिर्देश कार्यक्रम चलाउँदा मदिराको लतमा फसेको आफू भने दिशाविहीन भएको उनले सुनाए ।

शास्त्रीय साधानाकार संगीता प्रधानको शास्त्रीय संगीत ‘गुरु ब्रम्हा गुरु विष्णु..’को रागबाट शुरु गरिएको कार्यक्रमको समापनि पनि उनकै धार्मिक धार्मिक शास्त्रीय संगीतबाट गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment