Comments Add Comment

कोष्टारिकामा पक्राउ परेका नेपाली मध्ये एक विरामी, रिहाइको पहल सुरु

कोष्टारिकामा सोमबार पक्राउ परेका नेपालीहरु । तस्वीरः सार्वजनिक सुरक्षा मन्त्रालय, कोष्टारिका
कोष्टारिकामा सोमबार पक्राउ परेका नेपालीहरु । तस्वीरः सार्वजनिक सुरक्षा मन्त्रालय, कोष्टारिका

२८ भदौ, काठमाडौं । सरकारले अवैधानिक रुपमा कोष्टारिकामा पक्राउ परेका नेपाली नागरिकलाई शीघ्र रिहाइका लागि सरकारले पहल सुरु गरेको छ ।

नेपालीहरु पक्राउ परेको खबर आएपछि परराष्ट्र मन्त्रालयले वासिङ्टनस्थित नेपाली दुतावासलाई रिहाइको पहल गर्न भनेको थियो । दुतावासले कोष्टारिकाको सान होसेमा रहेको अवैतनिक वाणिज्यदूतसँग सम्पर्क नेपालीहरुको अवस्थाबारे जानकारी लिएको छ ।

प्राप्त जानकारी अनुसार थुनामा रहेका नेपालीहरु मध्ये एक जना विरामी छन् । उनलाई अस्पताल भर्ना गरिएको छ । अन्यको अवस्था सामान्य रहेको र छिट्टै रिहा हुने जानकारी सम्वन्धित अधिकारीहरुबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न खोजेको भन्दै कोष्टारिका प्रहरीले २७ नेपालीलाई नियन्त्रणमा लिई अध्यागमन कार्यालयमा बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment