Comments Add Comment

एमाओवादी उपाध्यक्ष बोगटीको अवस्था अझै गम्भीर

२८ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य स्थिति गम्भीर तर, स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

posta bdr bogati in norvic hospital (3)स्वास्थ्यमा कुनै सुधार नभएपछि एमाओवादीको शीर्ष नेतृत्व र उपचारमा संलग्न चिकित्सकबीच थप उपचारका भारत लैजाने विषयमा छलफल भएको थियो ।

वरिष्ठ स्नायुरोग विशेषज्ञ वसन्त पन्त, मस्तिष्करोग विशेषज्ञ पङ्कज जलान, यादवदेव भट्टलगायतको टोलीसँग रातभरको अवस्था अध्ययन गरेपछि मात्रै विदेश लैजाने वा अन्य उपचार पद्धति अपनाउने भन्ने विषयमा छलफल भएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

मुलुकै चिकित्सक सक्षम रहेका कारण विदेश लैजानेभन्दा पनि स्वदेशमा नै उपचार गर्ने र त्यो नभए मात्रै विकल्प रोज्ने सुझाव दिइएको बताए ।

बोगटीको उपचारमा संलग्न चिकित्सक भट्टका अनुसार मस्तिष्काघात र हृदयाघात एकै पटक भएका कारण स्थिति गम्भीर छ र मस्तिष्कको शल्यक्रिया गर्न जटिल छ । हृदयाघातमा सुधार आए पनि मस्तिष्काघातका कारण बोगटीको अवस्था गम्भीर देखिएको उनको भनाइ छ । मस्तिष्कको बायाँ भागमा रगत जमेका कारण पक्षाघातको अवस्थामा पुगेको बताइएको छ ।

बिहीबार राति हृदयाघात भएपछि उनलाई बाँसबारीस्थित सहिद गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार थप उपचारका लागि नर्भिक सारिएको थियो ।

नेता बोगटीको स्वास्थ्य अवस्था बुझ्न एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा बाबुराम भट्टराई र महासचिव कृष्णबहादुर महरा, एमाले नेता भरतमोहन अधिकारी, नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीलगायत विभिन्न पार्टीका नेता नर्भिक अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment