+
+

पर्वतकी विन्दु नेपाली ९ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २९ गते १:५६

bindu-nepali२९ भदौ, पर्वत । पर्वतको देवीस्थान बस्ने विन्दु नेपाली नौ दिनदेखि बेपत्ता भएकी छन् । ३८ वर्षकी विन्दु सदरमुकाम कुश्माबजार जान्छु भनेर हिँडेपनि अहिलेसम्म घर नफर्केको उनकी सासु हरिकला नेपालीले बताइन् । उनी घर नफर्केपछि परिवारले आफन्छ तथा सम्बन्धित सबै ठाउँ खोजेपनि अहिलेसम्म पत्ता लागेको छैन् ।

शनिवार बेपत्ता भएकी बिन्दुका श्रीमान सात बर्षदेखि कतारमा रोजगारीको शिलशिलामा छन् । उनका ११ वर्ष र आठ वर्षका दुई छोरा र तीन वर्षकी एक छोरी छन् । श्रीमती हराएको खबर पाएपछि कतारमा रहेका श्रीमान समेत बिछिप्त भएका छन् ।

‘लत्ताकपडा सबै लगेर गएकी छ फर्केर आउली जस्तो लागेन, कहाँ गएकी हो थाहा छैन । भनेर गएको भए यस्तो अवस्था आउने थिएन,’ सासु हरिकलाले भनिन् ।

तर परिवारले बिन्दुको खोजीका लागि प्रहरीलाई भने खबर गरेको छैन् ।
रोशन तिवारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?