+
+
Shares

कांग्रेसमा ६ केन्द्रीय सदस्य मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ३० गते ८:०५

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आइतबार राति ६ जना कार्यकर्तालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

congress-flagसभापति कोइरालाले जुम्लाका दीनबन्धु श्रेष्ठ, महोत्तरीका श्याम घिमिरे, तनुहँका गोविन्द भट्टराई र प्रदीप पौडेल, मोरङका गुरु घिमिरे र कञ्चनपुरका प्रतापराम लोहारलाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।

उनीहरुलाई पार्टीको विधानको परिच्छेद-५ धारा २१ (ठ) र परिच्छेद ५ को धारा- २१(ज) अनुसार केन्द्रीय सदस्य मनोनित गरेको कोइरालाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कञ्चनपुरका यज्ञराज जोशी, सुनसरीकी दिलकुमारी राई, धनुषाका भोला चौधरी, डडेलधुराका केशव सिंह, बर्दियाका महेन्द्र शर्मा र महोत्तरीका कल्याण गुरुङलाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको छ । उनीहरुलाई पाट्टी विधान र नियमावलीको परिच्छेद ११ धारा ४९(२) अनुसार मनोनित गरेको विज्ञप्तिमा उल्लेख छ ।

विधानअनुसार सभापतिले २१ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?