Comments Add Comment

बीओकेले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने

Bank-of-Kathmandu-

३० भदौ, काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई १०.४२ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।

बैंकको ४५२औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सञ्चालक समितिको निर्णय कार्यान्वयन हुन्छ ।

बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई अर्ब १९ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ छ ।
गत वर्ष बैंकले ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३४ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment