Comments Add Comment

स्वेता भन्छिन्- अब मेरो जीन्दगीमा खुशी आउने छैन

फाइल फोटो
फाइल फोटो

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका स्वता खड्काले दुःखमा आफूलाई साथ दिएको धन्यवाद दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले परिवार, आफन्त, साथीभाइ, फ्यान लगायत सबैलाई दुःखमा साथ, हौसला र आत्मबल बढाउन सघाएकोमा सबैलाई धन्यवाद दिएकी हुन् ।

साथै उनले चलचित्र कोहिनुरलाई सफल बनाउन भूमिका खेलेकोमा आभार प्रकट गरेकी छन् । उनले सँगै बसेर कोहिनुर हर्ने नपाएकोमा समेत दुखेसो पोखेकी छिन् ।

उनले अब मेरो जीन्दगीमा सायद खुशी आउने छैन भनेकी छन् । उनले लेखेकी छन्-‘केरो जीन्दगीमा यस्तो कहाली लाग्दो घटना घट्ला भनेर मैले सोचेको पनि थिइँन । जुन कहिल्यै भूल्न सक्दिन । मैले जति प्रयास गरेपनि अब मेरो जीन्दगीमा सायद खुशी आउने छैन ।’

दिनहरु वितेर महिना बढी भइसक्दा पनि आफू त्यो घटनालाई बिर्सिएर अघि बढ्न नसकेको उनले बताएकी छन् ।

उनले आफू केही समय आफ्ना फ्यान, शुभचिन्तकहरुमाझ आउन नसक्ने भन्दै फेसबुकमार्फत माफी मागेकी छन् । उनले लेखेकी छन्-‘सक्दो प्रयास गरेर छिटो भन्दा छिटो आउने कोशिस अवश्यक गर्नेछु ।’

Sweeta-status

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment