Comments Add Comment

राष्ट्रसंघ भवनमा नेपालको संविधान लेखनबारे बैठक

३१ भदौ, काठमाडौं । संयुक्त राष्ट्र संघसहित नेपालस्थित अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिले नेपालका राजनीतिक दल र सरोकारवालाहरुले संविधान निर्माणका लागि गरिरहेका प्रयासमा समर्थन जनाएका छन् ।

jamie-mcgoldrickसंयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि ज्यामी म्याकगोल्डि्रकको अध्यक्षतामा मंगलबार राष्ट्रसंघ भवनमा बसेको बैठकले नयाँ संविधान लेख्ने क्रममा दलहरुले गरेका पहललाई समर्थन जनाएका हुन् ।

बिभिन्न २२ देशका राजदूत र तिनका प्रतिनिधिहरुसँगको बैठकपछि राष्ट्रसंघीय प्रतिनिधि गोल्डि्रकले विज्ञप्ति जारी गरी यो सन्देश दिएका हुन् ।

स्रोतका अनुसार बैठकमा चीन, भारत, अमेरिका, फ्रान्स, बेलायत, रुस लगायत २२ देशका राजदूत तथा प्रतिनिधि सहभागी थिए ।

गोलमेच सम्मेलन आयोजना हुनु र रद्द हुनुमा यो बैठकको सम्बन्ध नरहेको समेत स्रोतले जनाएको छ । ‘यस्तो बैठक एक महिनाअघि नै तय भएको हुन्छ’ स्रोतले भन्यो ।

नेपालका नयाँ संविधान लेखन प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायको एउटै आवाज रहेको सन्देश दिन यो बैठक राखिएको पनि स्रोतले जनाएको छ ।

खिलराज रेग्मी नेतृत्वको तत्कालीन चुनावी सरकारको बेलामा चुनाव गराउन सहयोग गर्ने उद्देश्यले अनौपचारिक रुपमा राष्ट्रसंघीय प्रतिनिधिको संयोजनमा गठित यो संयन्त्र अहिले पनि क्रियाशील रहेको छ ।

यसको उद्देश्य नयाँ संविधान लेख्ने नेपाली राजनीतिक दलहरुको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको एउटै धारणा रहेको देखाउनु रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment