पृथु बास्कोटा, क्रिकेटर
पृथु बास्कोटा नेपाली क्रिकेटका महत्वपूर्ण खेलाडी हुन् । उमेर समूहमा नेपाललाई एकपछि अर्को सफलता दिलाएर राष्ट्रिय टोलीमा परेका पृथु पछिल्लो समय भने चोटका कारण केही महिनादेखि मैदान बाहिरै छन् ।
लिगामेन्ट च्यातिएपछि मैदान बाहिर रहेको उनले अष्ट्रेलियामा सर्जरी गराएका छन् । अब उनी छिट्टै मैदान र्फकने योजनामा छन् । प्रस्तुत छ उनै पृथुसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले गरेको अन्तरंग सम्वाद ।
क्रिकेट र पृथुको सम्वध ?
– मेरा लागि क्रिकेट पार्ट अफ लाइफ । सम थिङ यु लभ । क्रिकेट खेल्न मन पर्छ । माया गर्छु । आई लभ क्रिकेट ।
पहिलो पटक क्रिकेट खेलेको अनुभव ?
-पहिलोपटक क्रिकेट खेलेको कक्षा २ मा हुँदा हो । त्यसबेला प्लाष्टिकको ब्याट समाएको थिएँ । त्यसपछि घरको करिडोरमा खेल्न थालेँ । सेतो बाल पेन्टिङ थियो । टेनिस बलले खेल्दा खेल्दा त्यो बाल बुट्टै बुट्टा भएको थियो । त्यस्तो क्रेज बच्चादेखि नै थियो ।
परिवारको साथ पाएँ । फुटबल पनि एकदमै मनपर्छ । ब्याडमिन्टन पनि खेल्छु । तर, क्रिकेट राम्रो भएकाले सपोर्ट भयो । मामुले क्लब पनि लगिदिनुभयो ।
क्रिकेटमा अविस्मरणीय क्षण ?
– २००६ मा पहिलोपटक नेपाललाई यू-१५ को उपाधि जिताउँदा नै हो । त्यसबेला एकदमै खुसीको क्षण हो । त्यसबेला सानै थिएँ । पछि रियलाइज हुँदै आयो र एकमदै गर्व लाग्ने क्षण रहेछ भन्ने बुझ्दै गएँ । अर्कै फिलिङ हुँदोहरेछ ।
आफ्नो खराब खेल ?
-म व्यक्तिगतरुपमा एकदमै असन्तुष्ट भएको यू-१९ विश्वकप नै हो । एकदमै निराश थिएँ । टिमलाई धेरै अगाडि लैजान सकिँन र आफ्नो प्रदर्शन पनि राम्रो रहेन । यो मेरो एउटै यू-१९ विश्वकप थियो । त्यसमा राम्रो प्रदर्शन गर्न नसक्दा मलाई एकदमै खल्लो लाग्यो ।
त्यस लगतै हामीले २०१२ मा डिभिजन फोर खेल्यौं र जित्यौं पनि । तर, जितपछि पनि मनमा भने यू-१९ विश्वकपमा राम्रो गर्न नसकेकोमा नै गयो ।
एउटा खेलाडी भएपछि विश्वकप खेल्ने सपना हुन्छ । त्यो विश्वकप खेल्दा पनि राम्रो प्रदर्शन हुन सकेन । मैले धेरै मेहनत पनि गरेको थिएँ । तर ब्याड लक ।
क्रिकेटर नभएको भए … ?
– म….. क्रिकेटर नभएको भए के हुन्थेँ होला ? खै …. । विकल्प नै छैन । सायद अहिले सोसल वर्क पढिरहेको छु, त्यतातिर नै लाग्थेँ कि ?
पहिलो कमाइ ?
पहिलो कमाइ मेरो हराएको हो । यू-१५ खेल्न जाँदा ३०० डलर अलाउन्स पाएको थिएँ । म सानो थिएँ । मैले एकदमै स्टुपिड । मिस्टेक गरेँ । अहिले भन्न पनि लाज लाग्छ । पहिलो कमाइ कहाँ राख्ने राख्ने भयो । पकेटमा राखे पनि हराउँछ जस्तो लाग्यो ।
हुन त कोचलाई राख्न दिने अप्सन पनि थियो । तर, मैले सुटकेशमा राखेँ । यत्रो मोटो ताला लगाएको थिएँ तर, होटलमा आएर खोल्दा पैसा छैन । पहिलो इन्कम नै हराएँ ।
त्यसपछि भएको कमाइ के गर्नु भयो ?
– त्यसपछि भएको कमाइ जेजति सकिन्छ घरमा दिन्छु । दिदीहरुलाई गिफ्ट दिन्छु ।
जीवनमा गरेको सबैभन्दा मीठो भूल ?
– मीठो भूल … अरु प्रश्न गरौं ।
जीवनलाई कसैसँग साट्न पाइयो भने कोसँग साट्न चाहनुहुन्छ ?
– सचिन तेन्दुलकरसँग । किनभने अरबौं मान्छेको प्रेसरमा पनि खेल्नुहुन्छ । हरेकपटक खेल्दा रन स्कोर गर्नुहुन्छ । क्रिकेटको मात्र होइन, यो त्यो दुनियाँको प्रेसर छ । तैपनि खेल्न सक्ने मेन्टल एविलिटी कस्तो होला के ! त्यो बुझ्न एकदमै मन छ ।
भेट्नु त भएको छैन ?
– छैन । तर, सपना छ ।
पारस खड्का र सचिन तेन्दुलकरमध्ये एक रोज्नुपर्यो भने नि ?
-अवश्य तेन्दुलकर नै रोज्छु । पारस दाइसँग त भेट भइरहेको छ, हाहाहा.. । उहाँ लिडर मात्र होइन, टिममेट र राम्रो साथी पनि हो । सचिनलाई त भेटेको छैन नि ।
फुसर्दमा के गर्नुहुन्छ ?
-कहिलेकाँही किताब पढ्छु । उपन्यासमा पढछु । त्यो पनि मन लागेन भने साथीहरुसँग रमाइलो गरिन्छ । साथीहरुसँग भेट भएपछि गफ गर्ने, खेल्ने वा मूभी हेर्न गइन्छ ।
कहिले काँही एक्लै बस्न पनि मनपर्छ ।
सबैभन्दा मन पर्ने खानेकुरा ?
– तरकारीमा पनिर हो । अनि ननभेजमा चिकेन ।
आफैं पकाउने पनि गर्नुहुन्छ ?
-पकाउन चाहिँ आउँदैन । बनाउन त बनाइन्छ । तर, मसला ससला हालेर आउँदैन । सिक्न चाहिँ मन छ ।
-अहिले २२ वर्षको भएँ ।
क्रिकेटका फ्यानहरु धेरै छन् । यति स्मार्ट र हृयाण्डसम हुनुहुन्छ, प्रेम प्रस्तावहरु कत्तिको आउँछन् ?
– अहिले खासै छैन । फ्यानहरु चाँहि भेटिन्छन् ।
गर्लफ्रेण्ड छ कि छैन ?
– गर्लफ्रेण्ड …. ? यो कुरा नगरौं भो ।
आफूलाई सबैभन्दा बढी केमा विश्वास छ ?
-मलाई आफैंमा विश्वास लाग्छ । कसैले मलाई यो गर्न सक्दैनस् भन्यो भने म उसलाई देखाउनभन्दा पनि आफैंलाई प्रश्न गर्छु कि यति मात्र हो त मेरो क्षमता ?
अरुलाई गलत सावित गर्न हैन कि आफ्नो क्षमता के रहेछ भने थाहा पाउन आफैंलाई परीक्षण गर्छु । त्यसैले कसैले सक्दैनस् भन्यो भने विश्वास लाग्दैन ।
कतिको रुनु हुन्छ ?
त्यति रुँदिन । बच्चा बेलामा रोइयो होला । ठूलो भएपछि दोस्रो पटक घाइते हुँदा भने रोएको थिएँ । पहिलो पटक लिगामेन्ट च्यातिँदा दुखाइले त रोएँ होला । तर, दोस्रोपटक शरद दाइसँग ठोक्किएपछि भने आँसु झर्यो ।
त्यो हाम्रो अभ्यासको अन्तिम खेल थियो र लगतै टी-२० विश्वकप क्रिकेट थियो । त्यसबेला के फिल भयो भने अब मैले विश्वकप गुमाएँ भन्ने लाग्यो र रोएँ ।
झुठ बोल्नुहुन्छ ?
-झुठ भन्नाले साथीहरुसँग ठट्टा गरिन्छ । झुठ पनि राम्रोका लागि बोलिने पनि हुन्छ । यस्तो साथीहरुको वीचमा हुन्छ ।
तर, एकपटक नराम्रो झुठ बोलेको थिएँ । त्यो अहिले नभनौं ।
पृथुका पाँच गोप्य कुरा ?
– पहिलो मलाई चिकेन एकदमै मनपर्छ । अर्को, म राति चाँडो सुत्छु र बिहान पनि चाँडै उठ्छु । मलाई फुटबल, फुटसल खेल्न पनपर्छ । तर, चोटका कारण एक डेढ वर्ष खेल्दिँन । मलाई लन टेनिस एकदमै मनपर्छ । म एकदमै अनेष्ट छु ।
पुथुका कमजोरीहरु ?
– म धेरै सफ्ट छुजस्तो लाग्छ । यो इम्प्रुभ गर्न मन लागेको छ र गर्दैछु ।
बितेका कुनै क्षण, जुन फेरि आइदियोस् जस्तो लाग्छ ?
-नेपालले खेलेको पहिलो विश्वकप नै हो । किनभने पहिलोपटक खेलेको । २०/४० वर्ष पछि पनि पहिलोपटक विश्वकप खेलेको टिममा यो यो थियो भन्ने हुन्छ । त्यो मैले मिस गरिरहेको छु ।
कतिको चुजी हुनुहुन्छ ?
-राम्रो लगाउन मन लगाउन मन लाग्छ । राम्रो खान मन लाग्छ । तर, यो ब्राण्ड नै भन्ने त्यस्तो छैन ।
मोबाइल, घडी ?
आइफोन चलाइरहेको छु । त्यही मनपर्छ । घडीचाहिँ चेञ्ज गर्न मनपर्छ ।
ड्रिक्स कतिको गर्नुहुन्छ ?
-कहिलेकाँही । त्यो पनि सफ्ट मात्र ।
फिल्म हेर्नुहुन्छ ?
नेपाली फिल्म नहेरेको धेरै भयो । पछिल्लो भनेको लुट हो । संयम साथी हो । मलाई साइन्स फिक्सन मुभीहरु अति नै मनपर्छ । पछिल्लो लुसी भन्ने हेरेँ ।
मन पर्ने नायक-नायिका ?
मैले हालै मेरी कोम हेरेको थिएँ । मलाई सुनिल थापाको अभिनय एकदमै मनपर्यो । मैले उहाँको अभियन बच्चा हुँदा हेरेको थिएँ । तर, मेरी कोमको अभिनयले एकदमै प्रभावित भएको छु । उहाँको एक्सप्रेसन, डाइलग डेलिभरी एकदमै स्ट्रोङ लाग्यो । उहाँलाई अल द बेष्ट । होप यु गेट मोर अफर इन बलिउड भन्न चाहन्छु ।
हिरोइनमा ऋचा घिमिरे ।
फिल्म वा भिडियो खेल्न अफर आयो भने … ?
-भिडियो र फिल्मको अफर आएको पनि थियो । इन्जुरीका कारण मैले गरिँन । राम्रोखालको अफर आयो भने गरिन्छ । हेरौं के हुन्छ ।
नेपाली म्युजिक भिडियोहरु हेर्नुहुन्छ ?
हेर्छु । राम्रो गीतहरु पनि सुन्छु । अहिले म र मलाई भन्ने अल्बर्टस ब्याण्ड मनपर्छ । नवीन के भट्टराईको गीत पनि सुन्छु । सुगम पोखरेलका गीतहरु सुन्छु ।
प्रतिक्रिया 4