१ असोज काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नजिकिँदै गरेको दशैं-तिहार र छठ पर्वलाई मध्यनजर गरी विषेश अनुगमन शुरु गरेको छ ।
विभागको अनुगमन टोली र संयुक्त अनुगमन टोलीले चाडपर्वमा खपत हुने खाद्य पद्धार्थ पसलहरुको अनुगमन गर्ने प्रवक्ता प्रमोद कोइरालाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
दुधजन्य पद्धार्थ, प्रसोधित पानी, सस तथा मसला, घ्यूतेल, होटल-रेस्टुरेन्ट तथा क्यान्टिङहरु, खाद्यान्न तथा होलसेल गोदाम, मिठाइ पसल, डिार्पाटमेन्ट स्टोर, खुद्रा पसल तथा सुपथ मुल्य पसलहरुमा अनुगमन गर्ने विभागले जनाएको छ ।
यात्रुलाई सूसूचित गर्न राजधानीबाट छुट्ने यात्रु बसहरुमा होटल स्तरीकरण सम्बन्धी जानकारीका लागि पोस्टर टाँस्ने, नागढुंगादेखि रामनगरसम्मका स्तरीकरणमा परेका होटलहरुको विभागको मोवाइल भ्यानसमेतको प्रयोग गरी अनुगमन गर्ने छ ।
त्यसैगरी विभाग मातहतका क्षत्रीय कार्यालयहरुलाई आ-आफ्नो क्षेत्रमा पर्ने भोजनालयहरुको अनुगमन गर्न निर्देशन दिएको छ ।
सार्वजानिक विदाका दिन पनि विभागको अनुगमन सक्रिय रहने बताइएको छ । उक्त दिन विभागको फोन नम्बर ०१-४२६२३६९ मा सम्पर्क गरी उजूरी गर्न सकिने र सो उजूरीको तत्कालै सम्बोधन हुने विभागले जनाएको छ ।
प्रतिक्रिया 4