१ असोज, काठमाडौं । राजसंस्थावादी र हिन्दूअधिराज्यवादी वृहत्त संघर्ष समितिले आगामी बन्ने संविधानमा राजासहितको हिन्दु अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र नलेखिए छठपछि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अब बन्ने नयाँ संविधानमा राजासहितको हिन्दू अधिराज्य र राष्ट्रियता सहितको प्रजातन्त्र हुनु पर्ने मागष् गरेको छ ।
संघर्ष समितिका मूख्य संयोजक किशोरी महतोले दलीय सहमतीको नाममा जनतालाई झूक्याउने काम अब आफूहरुलाई सहृय नहुने चेतावनी दिए । उनले भने-‘राजासँग गरिएको सम्झौता शर्त अनुसार सवै मिलि नेपालको संविधान नेपालीले नै बनाउनुपर्छ ।’
महतोले राजा र हिन्दू अधिराज्यलाई पाखा लगाउने गरी राष्ट्रिय राजनीति अगाडी बढे आफूहरु विरोधमा उत्रने चेतावनी दिए ।
संघर्ष समितिकी प्रवक्ता अस्मिता भण्डारीले नेपालमा हिन्दू अधिराज्य स्थापित गर्न आफूहरु निरन्तर संघर्षमा रहेको जानकारी दिए । भण्डारीले आफूहरुलाई सख्यात्मक हिसावले सानो शक्तिका रुपमा नहेर्न समेत आग्रह गरेकी छिन् ।