१ असोज, भैरहवा । मुलुकको चर्चित औद्योगिक समुह ‘पञ्चकन्या ग्रुप’ले विश्वकर्मा पुजाको अवसरमा आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरु मध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरेको छ ।
बुधबार रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटीहवास्थित पञ्चकन्या ग्रुपको मुख्य उद्योग परिसरमा आयोजित कार्यक्रममा रोटोमोल्ड उत्पादन शाखाका चन्द्र बहादुर चौधरी सर्बोत्कृष्ट कर्मचारी घोषित भई पुरस्कृत भए । उनले कदरपत्रसहित माउन्टेन बाइसाइकल पाएका छन् ।
त्यस्तैगरी, प्राविधिक फाँटतर्फ स्टिल उत्पादन शाखाका मेकानिकल फिटर बोम बहादुर श्रष्िा प्रथम घोषित भए भने ल्पास्टिक उत्पादन शाखाका जुनियर अपरेटर झिनक अहिर दोश्रो र स्टिल वर्क शपका महेश कहार तृतिय भएका छन् ।
प्लान्ट उत्पादन शाखाका जुनियर अपरेटर शंकर शर्मा तथा नेल एन्ड एलाएड प्रोडक्टका अपरेटर राम प्रसाद थारुले सान्त्वना पुरस्कार प्राप्त गरे । गार्ड कमान्डर कुल बहादुर गुरुङले सर्बोत्कृष्ट सुरक्षा गार्ड घोषित भई पुरस्कार प्राप्त गरे ।
त्यस्तै, प्रशासनतर्फ स्टील उत्पादन शाखाका इलेक्ट्रीक इन्चार्ज अर्जुन भारती प्रथम, डिस्प्याच शाखाका सञ्जय थापा द्धितिय तथा नगद शाखाका मिलन तामाङ्ग तृतिय हुन सफल भएका छन् । यसैगरि अन्य कर्मचारीहरु पनि विभिन्न विधामा पुरस्कृत हुन सफल भएका छन् ।
प्रतिक्रिया 4