Comments Add Comment

दैनिक ६ घण्टा हिँडेर विद्यालय जाँन्छन विद्यार्थी

३ असोज, जाजरकोट । जाजरकोटको एक दुर्गम गाविसका विद्यार्थी पढ्नका लागि छ घण्टा हिँड्न बाध्य भएका छन् ।

आˆनो गाउँमा निर्माण गरेको विद्यालय आपसी विवादका कारण भत्किएपछि जिल्लाको डाँडागाउँ-१, २ र ३ का विद्यार्थी छिमेकी खगेनकोट गाविसको दल्लीमा गएर पढ्न बाध्य भएका हुन् ।

डाँडागाउँ गाविसको छ लाख रुपैयाँको लगानीमा विद्यालय भवण निर्माण गरिएको थियो । विद्यालयमा ती तीनै वडाका तीन सयभन्दा बढी विद्यार्थी पढाउने उद्देश्यले भवन निर्माण गरिएको थियो ।

गाविसका पाली, कल्पतलगायतका ठाउँबाट अर्को छिमेकी गाविस खगेनकोटमा पढ्न जान र आउन छ घण्टा लाग्ने गरेको विद्यार्थी अनन्त पुनले गुनासो गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment