३ असोज, काठमाडौं । स्थानिय बजारमा सुनको ओरालो लाग्ने क्रम जारी रहेको छ । तीन दिनमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।
सातको अन्तिम दिन शुक्रबार सुनको भाउ अघिल्लो दिनको तुलनामा दुई सय रुपैयाँ घटेर किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ तोलाको ५१ हजार ३ सय ५० रुपैयाँ तोकेको छ ।
बिहीबार सुन तोलाको ५१ हजार ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । भदौको अन्तिम दिन ३१ गते सुन तोलाको ५२ हजार ५० रुपैयाँमा भएकोमा त्यसयता निरन्तर ओरालो लागिरहेको छ ।
चाँदीको भाउ बिहीबारको तुलनमा शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।