Comments Add Comment

सुजुकी जिक्सरमा यूवाको आकर्षण, पन्ध्र दिनमै ६ सय बुकिङ

काठमाडौं । सुजुकीले मध्य भदौमा नेपाली बजारमा भित्राएको जिक्सर बाइकमा यूवाको आकर्षण बढेको छ । पावर, माइलेज र डिजाइन तीनै विशेषताले पूर्ण जिक्सर बाइक १५ दिनमा ६ सय भन्दा बढी बुकिङ भएको छ ।

स्पोर्टी लुकमा रहेको १५५ सीसीको यस बाइकले सुजुकीको बजार हिस्सा बढाउने विश्वास भिजी सुजुकीले लिएको छ । भिजी सुजुकीले यस वर्ष नेपाली बजारमा सुजुकी बाइकको हिस्सा १० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ ।

Suzuki-Gixxerअहिले सुजुकीको नेपाली बाइक बजारमा ५ प्रतिशत हिस्सा रहेको भीजी सुजुकीका सहायक महाप्रबन्धक अधिर कुमार श्रेष्ठ बताउँछन् । ‘अहिले नेपाली यूवाहरुको आकर्षण १५० सीसीका बाइकमा छ, हामीले यहि सेगमेन्टमा स्पोर्टी डिजाइनको उत्कृष्ट माइलेज दिने पावरफुल बाइक भित्राएका छौं’ उलने भने- ‘यो बाइकलाई यूवाहरुलो मन पराउनेछन भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ ।

कम्पनीले जिक्सरले हाइवेमा ६२ किलोमिटर माइलेज दिने बताएपनि राजधानीमा ४५ किलोमिटरसम्म माइलेज दिने विश्वास गरिएको छ । यसको मूल्य नेपालमा दुई लाख ३२ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले बुकिङकर्ताहरुलाई जिक्सर बाइक डेलिभरी गरिरहेको छ ।

आगामी वर्षसम्म ६ मोडल भित्राउँदै

बजारमा हिस्सा बढाउन बाइकका मोडलहरु धेरै हुनुपर्ने यथार्थ बुझेको भीजी सुजुकीले आगामी वर्षसम्म ६/७ मोडल भित्राउने बताएको छ । ‘ग्राहकलाई छानी-छानी बाइक खरिद गर्न धेरै मोडलहरु उपलब्ध गराइदिएमा बजार हिस्सा बढ्ने हाम्रो अनुमान रहेको छ’ श्रेष्ठले भने ।

भीजी सुजुकीले पार्टसहरुको मूल्य अन्य कम्पनीहरुको सरह तोकेको छ । सुजुकीको पार्टस पाइदैन, पाइएपनि महंगो पर्छ भन्ने ग्राहकहरुको बुझाई रहेको छ । अबदेखि सहुलियत मूल्यमा तत्कालै पार्टस पुर्जा उपलब्ध गराउन आफुहरु सक्षम रहेको श्रेष्ठले दाबी गरे ।

भीजी सुजुकीका मुलुकभर ३० डिलर रहेका छन् । राजधानीमा उसका आफ्नै २ वटा शो-रुम समेत रहेका छन् । बिक्रीमात्र नभई बिक्री पछिको सेवालाई समेत प्राथमिकतामा राखेको भीजी सुजुकीले छिट्टै नेपालकै सबैभन्दा ठूलो र सुविधा सम्पन्न सर्भिस सेन्टर खोल्दै छ ।

यस्ता छन् बाइक/स्कुटर

सुजुकीका नेपाली बजारमा तीन मोडलका स्कुटर र ५ मोडलका बाइकहरु उपलब्ध रहेका छन् । कम्पनीका अनुसार ११० सीसीको लेट्स स्कुटरको एक लाख ५९ हजार ९ सय रुपैयाँ, १२५ सीसीको स्वीस स्कुटरको एक लाख ७० हजार ९ सय रुपैयाँ र १२५ सीसीकै एक्सेस स्कुटरको एक लाख ६७ हजार ९ सय रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, १५० सीसीको जीएस १५० आर बाइकको दुई लाख १८ हजार ९ सय, १५५ सीसीको जिक्सरको दुई लाख ३२ हजार ९ सय, ११० सीसीको हायते बाइकको एक लाख ५४ हजार ९ सय, १२५ सीसीको सिलिङसड एससीडीको एक लाख ७८ हजार ९ सय र १२५ सीसीकै सिलिङसड एसइसीयूको एक लाख ७३ हजार ९ सय रुपैयाँ रहेको छ ।

दशैंमा ‘जादु अफर’

कम्पनीले दशैंतिहारलाई लक्षित गरेर ‘जादु अफर’ ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले न्यूनतम ८ हजार रुपैयाँदेखि एक लाख रुपेयाँसम्म क्यास छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरि, बम्परमा ५ जनालाई दुबई भ्रमण र २ जनालाई जापान भ्रमणको अवसर दिइने छ । यो अफर छठ पर्वसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment