+
+
Shares

संघीयतासहितको संविधान आउँछ : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ४ गते १३:२२

Arjun Narsingh kc४ असोज, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केसीले यसका निम्ति संविधानसभा भित्रका र बाहिर रहेका दललाई सहमतिमा ल्याउन प्रयास भइरहेको बताए ।

तोकिएको समयमा संविधान निर्माण हुने भन्दै उनले राजनीतिक संवाद समितिले विवादित विषयहरुलाई असोज १४ गतेभित्र छिनोफानो गरिसक्ने र कात्तिक महिनाभित्रमा संविधानको खाका आउने दाबी गरे ।

सङ्घीय संरचना र शासकीयस्वरुपको विषयमा विवाद रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले जातीय आधारमा राज्यको निर्माण हुन नसक्ने र एक मधेस भौगोलिक दृष्टिकोणले पनि सम्भव नरहेकाले मधेसमा दुई, पहाडमा चार र राजधानीमा एक गरी सात प्रदेशको पक्षमा काँग्रेस रहेको बताए ।

संविधानसभामाथि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नरहेको केसीको भनाई छ ।
सिके राउतले राष्ट्रको विखण्डनको विषयमा दिएको अभिव्यक्तिपछि पक्राउ परेको सम्बन्धमा पत्रकारहरुले जिज्ञासा राख्दा केन्द्रीय सदस्य केसीले नेपालप्रति आस्था राख्ने कसैले पनि राउतलाई क्षमा नगर्ने भन्दै यस विषयमा कानुनी प्रक्रिया सुरु भइसकेको बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?