+
+

नेपाल-क्यानडा सम्बन्धको ५० वर्ष भब्य मनाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ४ गते १४:५०

nepal-canada४ भदौ, ओटावा । नेपाल- क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दैछ । नेपाल-क्यानडाको ५० वर्ष पुगेको अवसरमा क्यानाडामा विविध कार्यक्रमको अयोजना गरएको छ ।

नेपाल-क्यानाडा सम्बन्धको ५० वर्ष पुगेेको अवसरमा सन् २०१५ को वर्षैभरि कार्यक्रम गर्ने तयारी गरिएको हो । क्यानडाको नेपाली राजदूतावासले सन् २०१५ मा वर्षभरि नै विविध कार्यक्रम गरी सम्बन्धको ५० वर्षलाई स्मरण गर्ने योजना बनाएको हो ।

दूतावासले शुक्रबार कार्यक्रमबारे पूर्व तयारी वैठक डाकेको थियो । बैठकमा कन्सुलर दिलिप पौडेलले क्यानडाका लागि नेपाल महत्वपूर्ण साझेदार नभए पनि नेपालका लागि क्यानडा महत्वपूर्ण विकास साझेदार भन्दै ५० औं वर्षगााठलाई भव्य रुपमा मनाएर नेपालको आर्थिक, सामाजिक, पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए ।

नेपाल-क्यानडा सम्बन्धका विविध आयामहरुबारे जानकारी समेटिएको स्मारिका प्रकाशन गर्ने, नेपाल फेस्टिबल आयोजना गर्ने, नेपालका बारेमा क्यानडेलीहरु समेतको सहभागितामा विभिन्न अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्ने, क्यानडाका पत्रकारहरुलाई नेपालका बारेमा प्रचारप्रसार गर्न उत्प्रेरित गर्ने, नेपालको विकासमा योगदान गरेका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने, क्यानडा सरकारका तर्फबाट नेपालमा विभिन्न कार्यक्रम गर्न प्रोत्साहन गर्ने लगायतका कार्यक्रमहरु सम्पन्न गर्ने योजना छ ।

उक्त तयारी वैठकमा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष अनिल थापाले क्यानडाका विभिन्न सहरमा चेतनामूलक कार्यक्रम आयोजना गरेर क्यानाडाका मानिसलाई नेपालको पर्यटन तथा जलस्रोतको विकासमा सघाउन उत्प्रेरित गर्न सकिने धारणा राखे । कार्यक्रममा एनआरएन क्यानडाका सल्लाहकार राधा बस्नेत, सञ्चार सल्लाहकार भानुभक्त, आचार्य लगायतले बोलेका थिए ।

सन् १९६५ जनवरी १८ मा क्यानडा र नेपाल सरकारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । आर्थिक वा राजनीतिक हिसाबले क्यानडाका लागि नेपाल धेरै महत्वपूर्ण नभए पनि नेपालको विकासमा क्यानडाको सहयोग महत्वपूर्ण रहदै आएको छ ।

क्यानडाले हवाइसेवा, यान्त्रिक उपकरण, जलस्रोत तथा विकासका पूर्वाधार निर्माण गर्न सहयोग गर्दै आएको छ । सन् १९५८ मा द्विपक्षीय सम्बन्ध स्थापना हुनुअघि नै क्यानडाले नेपालमा मानवीय सहायता सामग्रीहरु उपलब्ध गराएको थियो ।

यस्तै, नेपालको शान्तिप्रक्रियामा सघाउन क्यानडा सरकारले संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको नेपाल कार्यालय (ओएचसीएचआर) सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?