Comments Add Comment

स्थानीय चुनावमा सबै उम्मेदवार स्वतन्त्र उठाउने परिवार दलको प्रस्ताव

४ असोज, काठमाडौं । नेपाल परिवार दलले आगामी माघ ८ गतेभित्र नै संविधान निर्माण गर्नु पर्नेमा जोड दिएको छ ।
परिवार दलको शनिबार बसेको केन्द्रीय समितिको बैठकले संविधानसभाभित्र र बाहिर रहेका दलहरुबीच सहकार्य र सहमति गरी अघि बढ्न सबै सरोकारबालालाई आग्रह गरेको छ ।

संविधान जारी भए लगतै स्थानीय निकायको निर्वाचन गर्नु पर्ने भन्दै परिवार दलले चुनाव गैरराजनीतिक रुपमा सम्पन्न गर्नु पर्ने बताएको छ । सबै उम्मेदवार स्वतन्त्र रुपमा उठ्ने व्यवस्था गर्नु पर्ने उसको प्रस्ताव छ ।

परिवार दलले राष्ट्र र जनता पहिलो प्राथमिकता अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै केन्द्रीय सदस्यहरुको विषयगत र जिल्लागत कार्य विभाजन गर्नुका साथै १४ अञ्चल संयोजक तोकेको छ ।

उपत्यका इन्चार्जमा रुपसिंह भण्डारी, मध्यपश्चिमको क्षेत्रीय संयोजकमा अशोककुमार चौधरी नियुक्त भएका छन् । पार्टीमा भएको अनुशासन उल्लंघनबारे छानविन गरी कारबाहीको सिफारिस गर्न दयाराम कडेँलको संयोजकत्वमा उपसमिति गठन गरिएको महामन्त्री बिनोद डाँगीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment