Comments Add Comment

नुवाकोटमा आजदेखि दसैं महोत्सव सुरु

५ असोज, नुवाकोट । नेपालीहरुको महान पर्व दसैं र तिहारलाई लक्षित गरी सञ्चालन गर्न लागिएको ‘नुवाकोट दशैं महोत्सव-२०७१’ आजदेखि सुरु हुदैछ ।

‘विबिध सास्कृति मनोरञ्जनात्मक सस्तो सुलभ बजार’ भन्ने नाराको दशै र तिहार पर्वलाइ लक्षित गरी सञ्चालन गर्न लागिएको महोत्सवको आज विशेष समारोहका बीच उर्जा मन्त्री राधा ज्ञावलीले उद्घाट गर्ने कार्यक्रम रहेको छ । भव्य समारोहको साथ उद्घाटन गरिने कार्यक्रममा सहभागि हुन आयोजकले सम्पूर्ण जिल्लावासी सहित रसुवा, धादिङ लगायतका स्थानका नागरिकहरुलाई पनि सहभागि हुन आग्रह गरेको छ ।

अहिलेसम्म जिल्लामा सामाजिक क्बलले आयोजना गरेको सबैभन्दा ठूलो अबशरको रुपमा रहेको ‘नुवाकोट दशैं महोत्सव’मा विभिन्न दैनिक उपभोग्य तथा मनोरञ्जनात्मक सामागि्रहरुले भरिभराउ बनाइएको छ ।

महोत्वसमा रहेका १ सय २५ वटा सबै स्टलमा व्यवसायीहरुले सामागि्रहरुले सजाएर राखेका छन् । महोत्सवमा मनोरञ्जनको रुपमा रहेका खेलका सामागि्रहरुले पनि अवलोकनकर्ताको मन तान्ने मेला आयोजक समितिका संयोजक राजु श्रेष्ठले बताउनुभएको छ ।

महोत्सवमा स्थानीय सिपकला, चित्रकला, बास्तुकलाका सामागि्रहरु, लत्ताकपडाहरु, खाद्यान्न सामागि्रको सहज उपलब्धताको व्यवस्था आयोजकले मिलाइएको छ ।
नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका नागरिकहरुलाई दशै पर्व सुरु भएको सन्देश त्रिशुली बजारमा हुन लागिरहेको नुवाकेाट दशै महोत्वसबाट नै दिने लक्ष्य लिइएको मेला आयोजक समितिका सल्लाहकारी कुलबहादुर खड्गीले बताए ।

महोत्सव स्थल त्रिशुली उच्चमाबिको खेल मैदानको आसपासमा ध्वजा-पतङ्गाले झकिझकाउन बनाइएको छ । महोत्सव स्थल त्रिशुलीको पूरानो बजारमा रहेको त्रिभुवन त्रिशुली उच्चमाबिको खेल मैदान आकर्षक बनाएर सिङ्गारिएको छ ।

महोत्सवमा नुनदेखि सुनसम्म तथा जिरादेखि हिरासम्मको सहज व्यवस्थापन उचित मूल्य तथा खुल्ला बजार कायम गरिएको छ । महोत्सवमा शिखरवेशीको चामल, ककनीको मुला, जिल्लाको विभिन्न गाँउमा उत्पादन हुदै आएको ट्राउट माछा, रसुवामा र नुवाकोटमा पालिएको खसी र बोकाको मेला रहेको छ ।

यस्तै, विभिन्न साङ्गेतिक प्रस्तुती र मनोरञ्नात्मक खेलाहरु समेत तयारी भइसकेको छ । आजदेखि सुरु हुने नुवाकोट दशै महोत्सव असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।
कपिलदेव खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment