Comments Add Comment

बाँदर मरेको शोकमा गाउँभरी कपाल तथा दाह्री मुण्डन, ११ औँ दिनको तिथिमा हजारौँ सहभागी

monkey
स्थानीय हनुमान मन्दिरमा बस्ने एउटा बाँदर मरेको शोकमा गाउँभरका मानिसले कपाल तथा दाह्री मुण्डन गरेका छन् ।
भारतको मध्यप्रदेशस्थित डकाच्या गाउँमा बाँदरको निधन भएको शोकमा गाउँका २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् । अरु ७ सय जनाले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।

गाउँको हनुमान मन्दिरमा लामो समयदेखि रहँदै आएको उक्त बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खसी डुबेर मरेको थियो । गाउँको हनुमान मन्दिरमा रहेका जोडी बाँदरमध्ये एक उक्त बाँदरको सेप्टेम्बर २ मा मृत्यु भएको थियो ।monkey1

गाउँलेहरुले बाँदरको शवलाई पोखरीबाट निकालेर हिन्दु संस्कार अनुसार दाहसंस्कार समेत गरेका छन् । हिन्दुहरुका देवता हनुमानको स्वरुप मानिने बाँदरको मृत्युले गाउँमा दुर्भाग्य तथा प्रलय निम्तिने डर गाउँलेहरुमा छ । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।

monkey2

बाँदरको निधनको ११ औँ दिनको पुण्यतिथी १ दिन पर सारेर सनिवारको दिन आयोजना गरिएको थियो, ता की स्कुले विद्यार्थीले समेत बाँदरको पुण्यतिथीको कार्यक्रममा सहभागी हुन पाउन् । उक्त समारोहमा आसपासका ४ गाउँसम्मका हजारौँ मानिसहरुको सहभागिता थियो । कार्यक्रम आयोजनामै डेढ लाख भारु खर्च भएको थियो । लागेको खर्च गाउँलेले नै उठाएका छन् ।
साथै उक्त बाँदरको दाहसंस्कार पछि केही अस्तु र खरानीलाई पवित्र हरिद्धारमा लगेर बिर्सजन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment