Comments Add Comment

कांग्रेसले तोक्यो नेवि संघको महाधिवेशन मिति

५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशनको महाधिवेशन कात्तिक ३० गते सुरु हुने भएको छ ।

भदौं अन्तिममा हुने भनिएको महाधिवेशन स्थगित भएको विरोधमा विद्यार्थी नेताहरु आमरण अनशनमा बसेपछि कांग्रेसले हस्तक्षेप गर्दै अधिवेशजको मिति तोकेको हो ।

कार्तिक २० गतेभित्र महाधिवेशन प्रतिनिधिहरुको अन्तिम सूची तयार पारी कार्तिक ३०, मंसिर १ र २ गते महाधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको कांग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले जनाएका छन् ।

र प्रक्रिया नपुर्‍याइएका तथा अधिवेशन हुन वाँकी रहेका जिल्ला र क्याम्पसहरुको अधिवेशन केन्द्रीय निर्देशन समितिले संयन्त्र वनाई कार्तिक १८ गते भित्र सम्पन्न गर्न पनि भनिएको तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले नेवि संघको महाधिवेशन २/२ वर्षमा वाध्यात्मक रुपमा गराउने वैधानिक व्यवस्था मिलाउन समेत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment