Comments Add Comment

लेभान्टेको पोष्टमा बार्सिलोनाको पाँच गोल

Rakitic celebrates with Messi

६ असोज, काठमाडौं । मेस्सीको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा अपराजित यात्रा कायमै राखेको छ ।

बार्सिलोनाले आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित लेभान्टेलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलमा बार्सिलोनाले ३४ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका हुन् ।

खेलको ४१ औं मिनेटमा मेस्सीलाई फल गरेपछि लुकासले फल गरेपछि रातो कार्ड पाए भने बार्सिलोनाले पेनाल्टी पायो । तर, मेस्सी गोल गर्न असफल रहे ।

Messi has his head in his hands after missing from the penalty spot 

  • पेनाल्टीमा गोल गर्न चुकेपछि टाउकोमा हात राख्दै मेस्सी 

खेलको ४४ औं मिनेटमा राकिटेकले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफको ५७ औं मिनेटमा रामिरेजले मेस्सीको पासमा गोल गरे भने ६४ औं मिनेटमा पेड्रोले गोल गरेपछि बार्सिलोना४–० को अग्रता लिन सफल भयो ।

खेलको ७७ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।

Pedro scores his first goal of the season for Barcelona to put them 4-0 up against Levante

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment