Comments Add Comment

आजदेखि भरतपुर महोत्सव

६ असोज, चितवन । चितवनको भरतपुरमा सोमबारदेखि भरतपुर महोत्सव सुरु हुँदैछ । एक भव्य कार्यक्रमका बीच आज उद्घाटन हुनेछ । कृषि तथा औद्योगिक क्षेत्रको प्रवर्धनका लागि आयोजना गरिएको महोत्सवमा कृषि, औद्योगिक तथा अन्य व्यवसाय गरी एक सय २० स्टल रहने आयोजक युवा समाज भरतपुरले जनाएको छ ।

महोत्सवको प्रमुख आकषर्णका रुपमा कृषि एवम हस्तकला, राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन, मौरी पालन दुग्धजन्य परिकारसहित विभिन्न भेषभूषाको प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुनेछन् ।

महोत्सवका अवसरमा आयोजना गरिने रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्योपचार, लागूऔषध प्रयोगकर्तालाई पारिवारिक पुर्नमिलन तथा दसैंतिहार लक्षित विभिन्न योजनाले दर्शक तथा अवलोकनकर्ताको संख्या बढाउन मद्दत पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवमा ३६ लाख भन्दा बढी आम्दानी हुने र व्यवस्थापनका लागि ३१ लाख रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment