Comments Add Comment

प्रभूबाट रेमिटान्स पठाउने तामाङले जिते प्लेन टिकट

६ असोज काठमाडौं । मलेसियामा कार्यरत लवाङ तामाङले प्रभू मनि ट्रान्सफरबाट नेपालमा रेमिटान्स पठाएर दशैंमा घर फर्किने प्लेन टिकट जितेका छन् ।

दशैंको अवसरमा प्रभूले ग्राहकलाई लक्षित गरेर सञ्चालनमा ल्याएको उपहार योजनामा तामाङले पहिलो हप्ताको प्लेन टिकट जितेका हुन । प्रभूले हरेक हप्ता एक जनालाई प्लेन टिकट प्रदान गर्ने जनाएको छ ।

उनी घर नफर्किने भए प्रभूले प्लेन टिकट बराबरको रकम दिने जनाएको छ । महान चाड दशैं र तिहारमा विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किउन भनेर प्रभूले यस्तो योजना सञ्चालनमा ल्याएको हो ।

त्यसैगरी झापा गौरादहका तेजबून निसाले लेमोन मोवाइलको स्मार्ट फोन पी १४ जितेका छन् । प्रभूले हरेक हप्ता एक जना विजेतालाई लेमोन मोवाइलको स्मार्टफोन प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी हरेक दिनको उपहारमा लैनचौरका सञ्जिब चौधरी र नुवाकोटकी ठूलीकान्छी तामाङले पुरस्कारस्वरुप १ लाख १० हजार रुपैयाँ बराबरको दुर्घटना बीमा पोलीसी जितेका छन् ।

त्यसैगरी दिपेस अग्रवाल र मोहमद असरप अलिसेकले लेमोन मोवाइलको लेमोन बी २०१ मोवाइल सेट प्राप्त गरेका छन् ।

प्रभूले बम्पर उपहारस्वरुप ४२ इञ्जको एलइडी टिभी प्रदान गर्ने जनाएको छ । भदाै २९ गतेदेखि लागू भएको यो योजना छठ पर्वसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment