Comments Add Comment

राष्ट्रपतिले ज्ञानेन्द्रको स्वास्थ्य अवस्थाबारे जानकारी लिए

६ असोज, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

बर्दियामा रहेका राष्ट्रपति यादवले सोमबार विहान नर्भिक अस्पतालका डा. भरत रावतलाई फोन गरी ज्ञानेन्द्रको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । ‘बर्दियामा भएका कारण आउन सकिँन भनेर डा. रावतमार्फत शिघ्र श्वास्थ्य लाभको कमना गदर्छु भनेर सन्देश पठाउनु भएको रहेछ’ ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठकले अनलाइनखबरसँग भने ।

हृदयघात भएपछि शनिबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र सोमबार विहान घर फर्किएका छन् । चिकित्सकहरुले घरमै बसेर आरा मगर्न सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment