Comments Add Comment

सीके राउतको विषय सदनमा नउठाउन सभामुखको निर्देशन

६ असोज, काठमाडौं । सभामुख सुवासचन्द्र नेम्वाङले डा. सीके राउतको पक्राउसम्बन्धी विषय सदनमा नउठाउन निर्देशन दिएका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा फोरम नेपालका सभासद लालबाबु राउतले सीके राउतलाई पक्राउ गर्नु गलत भएको भन्दै विरोध गरे ।

तर, एमाले प्रमुख सचेतक अग्नि खरेलले नियमापत्ति गरे । अदालतमा विचाराधीन विषयमा सदनमा बोल्न नपाइने र अदालतलाई प्रभाव पार्न नपाइने बताए ।

खरेलले नियमापत्ति गरेपछि सभामुख नेम्वाङले अदालतमा विचाराधीन विषयमा नबोल्न निर्देशन दिए । त्यसलगत्तै विपक्षी दलका सभासदसँगै सत्तारुढ दलका केही सभासदहरु समेत उठे ।

सत्तारुढ दलको बेग्लै नाराबाजी

सत्तारुढ दलका सभासदहरुले भने संसद खोल्नुपर्ने माग गर्दै सदनको अवरोधविरुद्ध नाराबाजी गरे ।

संसद सुचारु हुनुपर्छ र बोल्न पाउनुपर्छ भनेर उठ्नेमा अर्थमन्त्री रामशरण महत पनि थिए । तर, सभामुखले अवरोधका बीचमा बोल्नका लागि समय दिन नसक्ने बताए । उनले भने-‘मैले गर्ने भनेको बैठक स्थगित गर्ने र छलफलका लागि समय दिने हो ।’ 

सभासदहरुले जनतासमक्ष जान पनि नदिने र बोल्न पनि नपाउने बताएपछि सभामुखले भने-‘मैले गाउँ नजान भनेकै हो, त्यस कुरामा विवादै छैन, त्यो कुरासँग यसलाई नजोड्नुस् ।’

सत्तारुढ सभासदहरुको होहल्लाका बीच सभामुखले संसद बैठक स्थगित भएको घोषणा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment