Comments Add Comment

मेरो फोटो हेरेर मज्जा लिने अनि गाली गर्ने ! : ज्योती मगर

jyoti-magar
६ वटा एल्बम बजारमा ल्याइसकेकी लोक गायिका ज्योती मगर अहिले चर्चामा छिन् । ८ बर्ष अघि दाङबाट काठमाण्डौ झरेकी उनले थुप्रै संघर्ष गरिन् । तर, सफलता पाउन निक्कै गाह्रो भयो । मानिसका नकारात्मक कुराले उनलाई हैरान बनाएको छ । उनले केही समयअघि बजारमा ल्याएको ‘पिरतीमा दम छ’ बोलको गीत चर्चामा आएपछि ज्योती पनि चर्चित बनेकी छिन् । अर्कोतिर, उनको क्लिभेज देखिएको भन्दै नेपाल टेलिभिजनले अन्र्तवार्ता नै रोकिदिएपछि ज्योतीले चर्चा पाएकी छिन् ।

मेरो क्लिभेजको मुल्य कती ?
एनटीभी प्लसले मेरो अन्र्तवार्ता रोकेको कुराले म छक्क परेको छु । ‘पैसा तिर्दा उच्छृङ्खल गीत पनि बज्ने, नतिर्दा सामान्य पहिरनको कुराकानी पनि कसरी रोकिन्छ ? चपली हाटइको संवाद, मेरो बेष्ट फे्रन्डमा पि्रयंकाले लगाएको विकिनी दृश्य देखाइएको छ, मेरो सामान्य क्लिभेज देखिएको दृश्य रोकिनु आफैमा अचम्म लाग्दो कुरा हो । यदि, पैसा तिरेर यस्ता दृश्य देखाइन मिल्छ भने मेरो क्लिभेजको मुल्य कती हो, म सोध्न चाहन्छु ।

स्कर्ट लगाएर दोहोरी गाउन सकिन्छ
नारीको मुख्य सम्पत्ती भनेकै सौन्दर्य हो । ग्ल्यामर सबै नारी पात्रलाई आवश्यक छ । मान्छेको बाहिरी आवरण हेरेर मात्र उसलाई मुल्यांकन गर्न सकिदैन । दौरा सुरुवाल लगाएर पप गीत, स्कर्ट लगाएर लोकगीत गाउन सकिन्छ भन्ने मेरो धारणा हो । मैले मेरो गीतमा जानी जानी फ्यूजन गरेको छु । मेरो मात्र कुरा किन, यहाँ कुन चै लोकगीत मौकिलता बोकेका छन् र ?jyoti-magar-ho-t

नेपाली समाज र ज्योती मगर
यहाँ मलाई अचम्म लाग्छ । मानिसहरु नेपाली गीत नसुनेर सन्नी लियोनीको ‘बेबी डल’ गीत सुन्नु हुन्छ । तर, पनि हामीले सामान्य देखाउँदा तहल्का मच्चाउँछ । मेरो हट फोटोहरु हेरेर मज्जा लिने अनि पछि गाली गर्नेहरुको संख्या हाम्रो समाजमा धेरै छ । जसले मेरा आकर्षक तस्बिरको मज्जा लिनुहुन्छ उहाँहरु नै मेरो चरित्र र प्रस्तुतीको बारेमा बढी हल्ला गर्नुहुन्छ । मानिस बाहिर जस्तो छ भित्र त्यस्तै हुन्छ भन्ने पनि छैन । मलाई मेरो सांगीतिक यात्राको तबरले वुझिदिए हुन्थ्यो भन्ने लाग्छ ।

लोकगीतको अवस्था र आम्दानीको श्रोत
अहिले डिजिटल मार्केटको जमाना छ । विशेषगरि सेन्टिमेन्टल गीतहरु ज्यादा डाउनलोड हुन्छन् । मैले गाउँने गीतहरु रोमान्टिक छन्, जसलाई श्रोताले पैसा तिरेर नसुनेका हुन् कि भन्ने मलाई लाग्छ । हाम्रो आम्दानीको श्रोत भनेकै अहिले विभिन्न सांकृतिक कार्यक्रम, विदेशमा आयोजना हुने कार्यक्रम नै हो ।
संघर्ष गर्दा कसैले भनेको भए तयार हुन्थे कि ?
यहाँ खर्च धेरै, आम्दानी कम छ । जसले गर्दा पनि सर्जकलाई बाच्न गाह्रो छ । तर, पनि यहाँ संघर्ष र साधना गरेर आउनेहरुले दैनिकी चलाएका छन् । लोकगीत क्षेत्रमा अन्य पनि नकारात्मक पाटाहरु छन् । यहाँ, विशेषगरि महिलालाई अगाडि बढ्न गाह्रो छ पनि भनिन्छ । मैले आजसम्म कसैबाट नकारात्मक व्यवहार फेस गर्नु परेको छैन । संघर्षको समयमा कसैले पनि यस्तो प्रस्ताव राख्नु भएन । सायद, संघर्ष गर्दा कसैले राखेको भए म तयार पनि हुन सक्थे । तर, अब यस्ता प्रस्ताव आउने कुरा नै भएन ।

यात्रा कहाँसम्म पुग्ला ?
मलाई थाहा छैन, म कहाँसम्म पुग्छु । तर, पनि बर्षमा १ वटा एल्बम निकाल्ने र काम गर्ने योजना मेरो छ । आज सोचेर भोली के हुन्छ, केही पनि थाहा हुँदैन । हरेक दिन नयाँ नयाँ समस्याहरु आउँछन् । यसलाई समाधान गर्दै अगाडि बढ्नुपर्छ भन्ने नै लाग्छ मलाई ।

प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment