+
+
Shares

सिन्धुपाल्चोकका पत्रकारलाई सुआहारा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १३:२८

dinesh-thapa

७ असोज, काठमाडौं । युएसआइडीको सहयोगमा सिन्धुपाल्चोकमा विगत तीन वर्षदेखि काम गर्दै आएको सुआहाराले जिल्लाका दुइ सञ्चारकर्मीलाई मंगलबार सम्मान गरेको छ ।

गर्भवती महिला तथा दुई वर्ष भन्दा कम उमेरका बच्चाहरुको पोषण अवस्थामा सुधार ल्याउन सञ्चारमाध्यमबाट महत्वपूर्ण भुमिका खेलेको भन्दै सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

राजधानी दैनिकका सिन्धुपाल्चोक संवाददाता दिनेश थापा र स्थानीय ओखरेनी साप्ताहिकका समाचार संयोजक किशोर बुढाथोकीलाई सम्मान गरीएको हो ।

मंगलबार आयोजीत कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज कटेलले ताम्रपत्रसहित नगद दिएर सम्मान गरेका थिए । जिल्लामा तीन वर्षदेखि कार्यरत सुआहारले जिल्लाका ७५ गाविस र एक नगरपालिकामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

स्थानीय टुकी संघ सुनकोशीको समन्वमा नेपाल सरकार अन्र्तगत गर्भवती महिला,सरसफाई,बालबालिका लक्षीत कार्यक्रम सञ्चालन गरेको छ ।

सुआहाराले सञ्चालन गरेको गतिविधि सञ्चार माध्यममा प्रकाशित गरेबापत जिल्लाका सञ्चारकर्मी मध्ये थापा र बुढाथोकी उत्कृष्ट भएकोले सम्मान गरीएको सुआहार जिल्ला कार्यक्रम संयोजक सविन श्रेष्ठले जानकारी दिए । आगामी वर्ष पनि यो का कार्यक्रमले निरन्तरता पाउँने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?