८ असोज, वीरगञ्ज । वीरगन्जका एक चिकित्सक विश्वकै प्रख्यात राइजिङ स्टार अवार्ड बाट सम्मानित भएका छन् ।
चिकित्सकीय क्षेत्रमासम्मानित मानिएको अवार्ड नेपाल मै पहिलो पटक वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालका ग्यास्टो इन्ट्रोलोजिस्ट चिकित्सक राकेशकुमार झाले पाएकाहुन् ।
इन्डोस्कोपिक चिकित्सापद्धतिमा काम गर्ने युवा चिकित्सकले तयार पारेको शोधपत्र, चिकित्सकसेवा र सेवा प्रदान गरेको विधि प्रक्रिया तथा स्थानको समेत सुक्ष्म मूल्याङ्कनको आधारमा प्रत्येक वर्ष विश्व इन्डोस्कोपिक सङ्घ -इएसजी)ले विश्वभरिका युवा चिकित्सकमध्ये एक जनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ ।
विश्व इन्डोस्कोपिक सङ्घ (इएसजी)को आयोजना र डिजेस्टिव सिमपोसियम कुबेतको सहयोगमा आगामी शनिबार कुबेतमा आयोजना हुने एक समारोहबीच डा झालाई अवार्ड प्रदान गरिने छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4