Comments Add Comment

मोहनकुमारीको छातीमा जमरा !

Mata

१०असोज, काठमाडौं । मानिसका रहर पनि अनेक किसिमका हुन्छन् । घर-घरमा विधिपूर्वक जमरा राखेर दसैंको स्वागत भइरहँदा सिन्धुपाल्चोक मांखा-९ की मोहनकुमारी चौलागाईले आफ्नै छातीमा जमरा उमार्ने दुस्साहस गरेकी छन् ।

काठमाडौंको कोटेश्वरस्थित आफ्नै घरमा बिहीबारदेखि चौलागाईले त्यस्तो ‘कठोर’ कामको सुरुवात गरेकी हुन् । सुतेर छातीमाथि टपरीमा विधिपूर्वक राखिएको जमरा सोही अवस्थामा उमार्ने उनको प्रण छ ।

घटनास्थापनाको शुभ साइतअघि १०८ जोर बत्ती खाएर उनले छातीमाथि जमरा उमार्ने कामको सुरुवात गरेकी हुन् ।

‘नौ दिसम्म बत्ती र पानी मात्रै खाएर जमरा उमार्छु भन्नुभएको छ’ चौलागाईका ज्वाइँ यज्ञराज न्यौपानेले भने ।

दक्षिणकाली माताले यसै गर्न भनेको भन्दै मोहनकुमारी छातीमा जमरा राखेर सुतेकी हुन् । उनले आफूलाई ‘दक्षिणकाली माता’ सवार भएको बताउने गरेकी छन् । चौलागाईले घरमै मन्दिर स्थापना समेत गरेकी छन् ।

चौलागाई ९ दिनसम्म तस्वीरमा देखिएझैं अवस्थामा रहने र टीकाको दिन जमरा निकालिएपछि मात्रै सामान्य दैनिकीमा फर्किने भन्दै छातीमा जमरा राखेर सुतेकी हुन् ।

‘तर, दिसा पिसाव आयो भने नि ?’ त्यसबेला उनी उठ्छिन् या उठ्दिनन् ? कसैले बताउन सकेन । यो अवधिमा उनले पानी र बत्ती खाने बताएकी छन् । भेट्न आउनेहरुको उनले आर्जे हेर्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment