Comments Add Comment

चटयाङमा परी धनुषामा तीनको मृत्यु

९ असोज, धनुषा । प्रकोमवा-७ गाविसमा अपराहृन परेको चटयाङबाट तीन जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा ५० वर्षीया पार्वतीदेवी मण्डल, ३० वर्षीया अनितादेवी मण्डल र २८ वर्षीया रीतादेवी मण्डल भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चटयाङमा परी ४५ वर्षीया जलसीदेवी मण्डल घाइते भएकी छन् । उनको उनको जनकपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरू आज घाँस काट्न गएका बेला चटयाङ परेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment